Alag Dhar

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

काठमाण्डौं । सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ ।

साउनदेखि सूर्य दक्षिणतर्फ सर्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ ।

धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको छ । परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहेको छ । साउन महिनालाई भगवान् शिवको विशेष पूजा–आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ ।

महिलाले हरियो चुरा तथा हरियो कपडा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ ।

मुख्य समाचार

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्र...
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

काठमाण्डौं । सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन रा...
आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.