Alag Dhar

Day: २०८३ श्रावण १, शुक्रबार ०६:२२

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका केही ठाउँ तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ । आज दिउँसो पहाडी भेगका धेरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही  तथा मधेश र कोशी प्रदेशका तराईका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।…
Read More
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक सूचना निकाल्दै आउँदो साउन ६ गतेभित्र सुझाव दिन सरोकारवाला तथा आम नागरिकलाई अनुरोध गरेको छ । प्राप्त सुझावलाई आवश्यकतानुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ । मस्यौदामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भूमिका स्पष्ट बनाउने, सरकारले गर्ने सेयर तथा ऋण लगानीलाई कानुनी आधार दिने, सरकारी ऋणपत्र स्वदेशी तथा विदेशी बजारमा निष्कासन गर्न सक्ने व्यवस्था गर्ने तथा विदेशी मुद्रामा ऋणपत्र जारी गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ । साथै, सरकारी ऋणपत्रको डिजिटल अभिलेख राख्ने, ‘थिमेटिक बन्ड’ जारी गर्ने र…
Read More
अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा कारण यातायात प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा कारण यातायात प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । यसैबीच, इलाम…
Read More
आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै वडाले चालु वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, संस्कृति तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा केन्द्रित २३ वटा मुख्य योजना अघि बढाउने जनाएको हो। वडाध्यक्षले आर्थिक वर्ष २०८२/०८३ लाई विदाइ गर्दै सार्वजनिक गरेको विवरणअनुसार वडाको दोस्रो कार्यकालको अन्तिम वर्षमा अधुरा रहेका विकास आयोजनालाई सम्पन्न गर्दै नयाँ योजनाको कार्यान्वयनलाई प्राथमिकता दिइने जनाइएको छ। वडाका अनुसार रजतजयन्ती सडक, वडा प्रहरी कार्यालय भवन तथा हुप्र पूर्वी सडक निर्माण सम्पन्न गरिनेछ भने सूर्यचोक–कर्रा सडक स्तरोन्नति गरिनेछ। साथै प्रजातान्त्रिक पथ, सृजना…
Read More
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

काठमाण्डौं । सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ सर्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ । धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको छ । परम्पराअनुसार काग भलायो,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.