Alag Dhar

निष्पक्ष निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्तान्तरण गर्ने प्रतिबद्धता

मकवानपुर । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौंस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री कार्कीले हालैको ‘जेन–जेड’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिनुभयो ।

उहाँले सरकारको प्राथमिकता देशमा स्थायित्व कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पार्नुभयो। उहाँले आन्दोलनले नागरिक समाजमा पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति उत्कर्षपूर्ण अपेक्षा पैदा गरेको बताउनुभयो र सरकार उक्त अपेक्षालाई पूरा गर्न कटिबद्ध रहेको छ भन्नुभयो ।

सरकारले सुशासन र जवाफदेहितातर्फ उठाएका कदमहरू पनि प्रधानमन्त्रीले प्रस्तुत गर्नुभयो ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.