Alag Dhar

बसले ठक्करले गोरखाका एक जनाको युवाको मृत्यु

death

मकवानपुर । बसले स्कुटरलाई ठक्कर दिदाँ गोरखाका एक जना युवा दामोदर घिमिरेको मृत्यु भएको छ । चितवनबाट घर गोरखातर्फ आउँदै गर्दा भरतपुर महानगरपालिका – १ रामनगरस्थित सडकमा बा. प्र ०१–००१ प १६८४ नम्बरको बसले ग २० प ८५५९ नम्बरको स्कुटरलाई १२ः४५ बजे ठक्कर दिई उपचारको क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।

गोरखा नगरपालिका – ७ नयाँबसपार्क स्थायी घर भएका युवा घिमिरे गोरखा नयाँबजारमा न्यु चिन्तन बुक्स स्टेशनीका प्रोपाईटर समेत भएको प्रहरीले पुष्टि गरेको छ ।

मृतक घिमिरेको शव चितवनको सरकारी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले बताउनुभयो ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।a

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.