Alag Dhar

सल्यानमा छ घण्टा विद्युत आपुर्ती बन्द हुने

मकवानपुर । रुखका हाँगा हटाउने र बिद्युतीय संरचना मर्मतका लागि भन्दै सल्यानमा शनिबार बिद्युत सेवा बन्द गरिने भएको छ । नेपाल बिद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले शनिबार छ घण्टा विद्युत आपुर्ती बन्द हुने जनाएको हो ।

शितलपाटी सबस्टेशन र बागचौर सबस्टेशन सबै फिडरहरु बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म बिद्युत आपूर्ति बन्द रहने वितरण केन्द्रले जनाएको छ ।

सल्यान वितरण केन्द्र अन्तर्गत तुलसीपुर देखि शितलपाटी र शितलपाटी देखि थारमारे ३३ के।भि। प्रशारण लाईन वरपर रहेका रुखका हागाहरु काट्नका लागि सो अवधिमा बिद्युत सेवा बन्द गरिने भएको हो ।

साथै त्रिवेणी, ५ सल्लेखोलामा ३३ के।भि। लाइन होचो भएकोले जोखिम न्यूनिकरण गर्न आवश्यक पोल थप गरी विद्युतीय संरचना मर्मत गर्नुपर्ने भएकाले पनि विद्युत आपूर्ती बन्द रहने भएको सल्यान बितरण केन्द्रका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा वा मौसम प्रतिकुल रहेमा सोही अनुसार लाईन सुचारु हुनेछ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.