Alag Dhar

आईसीसी विश्वकपमा आज नेपालले अमेरिकासँग खेल्दै

मकवानपुर । आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो।

तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ। तर आईसीसी टी-२० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया क्षेत्रकै उत्कृष्ट टोली नेपालसामु लिग–टू मा पुनरागमनको अवसर छ।

नेपाल आईसीसी टी–२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्यो। यो नेपालले अहिलेसम्म जितेको आईसीसीको सबैभन्दा ठूलो ट्रफी थियो। त्यसपछि यूएई फर्किएको नेपाली टोलीसँग अब अर्को नयाँ चुनौती छ, त्यो हो अमेरिका र यूएईसँगको आईसीसी विश्वकप क्रिकेट लिग टूको प्रतियोगिता।

सन् २०२४ मा सुरू भएर २०२७ सम्म सञ्चालन हुने विश्वकप लिग टूमा अहिले आधाभन्दा धेरै खेल सकिएका छन्। नेपालले भने खेल्नुपर्ने ३६ मध्ये १६ खेल खेलेको छ। १६ मध्ये पाँच खेलमात्रै जितेको नेपाल अहिले तालिकाको सातौं स्थानमा छ। यता अमेरिकाले भने २० खेलबाट २८ अंक जोडिसकेको छ।

नेपाल र अमेरिकाबीच अहिलेसम्म नौ खेल भएका छन्। त्यसमध्ये नेपाल र अमेरिका समान चार–चार खेलमा विजयी भएका छन्। तर पछिल्ला पाँच खेलमा नेपालले एक मात्र जित हासिल गर्न सकेको छ। सन् २०२३ को जुनमा नेपालले अमेरिकालाई पछिल्लो पटक हराएको थियो।

त्यसपछि अमेरिकाले नेपालविरूद्ध दुई जित निकालिसकेको छ। यी दुई टिमबीच यूएईमा पहिलो पटक खेल हुन लागेको हो। यसअघि नेपालले यूएईको सारजाहमा वेस्ट इन्डिजलाई नै हराएको थियो।

यो सिरिज सुरू हुनुभन्दा एक हप्ता अघि नै नेपाली टिम यूएई पुगेर त्यहाँ अभ्यास गरिरहेको छ। एक महिनाभन्दा लामो यूएई र ओमान बसेको नेपाली टिमले त्यहाँको वातावरणमा राम्रो तयारी गरेको बताएको छ। नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफूहरुले यहाँको वातावरणलाई बुझेर अभ्यास गरेको बताए।

अमेरिकी क्रिकेट टिम राम्रो रहे पनि त्यहाँको क्रिकेट संघलाई आईसीसीले निलम्बन गरेको छ। आईसीसीले आफ्नो सीधा निर्देशनमा त्यहाँको क्रिकेट बोर्ड र राष्ट्रिय टोली चलाइरहेको अवस्था भए पनि टिममा भने व्यक्तिगत उत्कृष्ट कौशल भएका खेलाडी छन्।

यसअघिको टोलीमा रहेका दुई खेलाडीलाई परिवर्तन गरेर अमेरिकाले लिग टूका लागि आफ्नो टोली घोषणा गरेको छ। अमेरिकी टोलीमा एन्ड्रियस गौस, कप्तान मोनांक पटेल, सौरभ नेत्राभल्करजस्ता उत्कृष्ट खेलाडी छन्।

विश्वकप छनोटमा ब्याटिङमा आशातित प्रदर्शन गर्न नसकेको भए पनि बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको नेपाली टिममा अहिले दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दिप लामिछाने उत्कृष्ट र्फममा छन्। रोहित पौडेलले केही खेलमा राम्रो गरे पनि उनी कन्सिस्टेन्ट देखिएका छन्।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.