Alag Dhar

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल हुँदैछ । खेल अमेरिकाको एटलान्टा रङ्गशालामा हुनेछ ।

अर्जेन्टिना र इंग्ल्यान्डबीच २४ वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो । दुई टोलीबीचको प्रतिस्पर्धा सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड गोल’ र सन् १९९८ मा डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनाका कारण अझ चर्चित छ ।

विश्वकपमा यी दुई टोलीबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएका छन् । इंग्ल्यान्डले ३ तथा अर्जेन्टिनाले २ खेल जितेको छ । समग्रमा भने दुई देशले १४ खेल खेलेका छन् । जसमा इंग्ल्यान्डले ६, अर्जेन्टिनाले ३ खेल जितेका छन् भने ५ खेल बराबरीमा सकिएका छन् ।

इंग्ल्यान्ड र अर्जेन्टिनाबीच पहिलो पटक सन् १९५१ मा मैत्रीपूर्ण खेल हुँदा इंग्ल्यान्ड २–१ ले विजयी भएको थियो । दुई टोलीबीच पछिल्लो खेल सन् २००५ मा मैत्रीपूर्ण खेल हुँदा इंग्ल्यान्डले अर्जेन्टिनालाई ३–२ गोलले हराएको थियो ।

यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी उत्कृष्ट लयमा छन् । उनले समग्र विश्वकपमा २१ तथा अहिले भइरहेको प्रतियोगितामा ८ गोल गरिसकेका छन् । अर्कोतर्फ, इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले यस विश्वकपमा समान ६र६ गोल गरिसकेका छन् ।

आजको खेलको विजेताले साउन ३ गते आइतबार राति पौने १ बजे हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

विश्व फुटबलका पुराना प्रतिस्पर्धीबीच हुने खेलअघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ । सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच ‘फल्कल्यान्ड्स’ युद्ध भएको थियो । ७४ दिनसम्म चलेको यो युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती लडाकु र ३ जना सर्वसाधारणको ज्यान गएको थियो ।

अर्जेन्टिनामा ‘लास माल्भिनास’ का रूपमा चिनिने यो बेलायती विदेशी भूभाग दुई देशबीच विवादको विषय अहिलेसम्म पनि यथावत् छ ।

मुख्य समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.