Alag Dhar

अन्नपूर्ण बेश क्याम्पबाट १६२ पर्यटक उद्धार

मकवानपुर । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट बिहीबार बिहानसम्म १६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेश क्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सशस्त्रका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले सबैलाई सुरक्षित स्थानमा ल्याइएको जानकारी दिनुभयो । साथै अन्नपूर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कात्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेश क्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित एक सय ६२ जनाको उद्धार गरेको हो । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटक हरुको डोरिको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो ।

सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेशक्याम्प खाली भएको छ । तीन दिनको निरन्तर प्रयासपछि बेशक्याम्प हिँडेका केही पर्यटकलाई बाटो बाटनै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेश क्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाइ सुरक्षित स्थानमा ल्याइएको थियो । मङ्गलबारबाट फर्काइएका र आज बिहान पनि बेशक्याम्पबाट तल झारिएकसहित १६२ जनाको उद्धार भएको हो । उद्धार गरिएकाहरुलाइ गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ । उनिहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छन् । उद्धार गरिएका केहिमा श्वासप्रश्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठुलो समस्या देखिएको छैन ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.