Alag Dhar

भाषणकै क्रममा ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

मकवानपुर । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए ।

उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो । मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।

६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । अस्पताल पुर्‍याएपछि चेकजाँच गर्दा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको जानकारी गराएको बस्यालले बताए ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा गएका थिए ।

मुख्य समाचार

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको...
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.