Alag Dhar

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिकलाई ३–० ले पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो ।

मेक्सिकोका लागि माटियो चाभेजले खेलको ५८ औँ मिनेटमा गोल गरे । यस्तै, ६१ औँ मिनेटमा जुनियो क्विनाजले गोल गरे । इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले गोल गर्दै ३–० जित शुनिश्चित गरे ।

यस्तै अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गरेको हो । दोस्रो हाफमा थपेलो मोसेन्कोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पु¥याएका हुन् । समूह तालिकामा चार अंक बटुल्दै उसले विश्वकपमा पहिलोपटक नकआउट चरण प्रवेश सुनिश्चित गरेको हो ।

यसअघिका खेलमा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएको थियो भने उसले चेक रिपब्ल्किसँगको खेल बराबरी गरेको थियो । दक्षिण कोरियासँग जित हात पारेसँगै उसले तालिकामा चार अंक जोडेको छ ।

दक्षिण कोरियाले एक खेलमा मात्रै जित हातपार्दा उसले तीन अंक बटुल्यो । एक खेल बराबरी खेलेको चेक रिपब्लिक मेक्सिकोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको छ । बिहान भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले हराएको छ । यस्तै मोरक्कोले हैटीमाथि ४–२ को जित निकालेको छ । स्विट्जरल्यान्डले क्यानडालाई २–१ ले पराजित गरेको छ । यस्तै, बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ ले हरायो ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.