Alag Dhar

शिक्षक भलिबल प्रतियोगिता मंसिर पहिलो सातामा हुने

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको वार्षिक कार्यक्रम अन्तर्गतको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ । बुधबार मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालयमा सम्पन्न बैठकले आगामी मंसिर ५ र ६ गते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

शारदा माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्ने भएको छ । बैठकमा प्रतियोगिताको सफल आयोजनाका लागि आवश्यक तयारीका विषयमा विस्तृत छलफल भएको थियो । बैठकमा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिवहरि दाहाल, कार्यसमिति सदस्य रामजी सापकोटा र पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, मकवानपुरगढी गाउँपालिका वडा नं ५ का अध्यक्ष दिपेश दाहाल, शारदा माध्यमिक विद्यालयका अध्यक्ष युवराज सापकोटा, प्रधानाध्यापक इन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.