Alag Dhar

हुलाकी सडक भासियो

मकवानपुर । बर्दियाको गुलरिया–नेपालगन्ज खण्ड अन्तर्गतको हुलाकी सडक निर्माण सम्पन्न भएको चार महिनामै भासिन थालेको छ । करिब तीन अर्ब १५ करोड लागतमा बनेको उक्त चार लेन सडकका विभिन्न भाग अहिले भासिएर दुर्घटनाको उच्च जोखिममा परेका छन् । बढैयाताल गाउँपालिका–८ स्थित बरमेली टोलको सडकखण्डमा भासिएको भाग जोखिमपूर्ण बनेको छ । दैनिक सयौँ सवारीसाधन आवतजावत हुने यस सडकमा अहिले सडकको भासिएको भागले दुर्घटनाको सम्भावना बढाएको छ ।

स्थानीय शिवहरी गौतमका अनुसार सडक निर्माण सम्पन्न भएको केही महिनामै भासिन थालेपछि यात्रा असुरक्षित बनेको छ । उहाँले भन्नुभयो, “भासिएको ठाउँ त स्पष्टै देखिँदैन, कुनैबेला त्यहीँ गाडी प¥यो, जोखिम हुन्छ ।”

बढैयाताल गाउँपालिका–८ का वडाध्यक्ष तेजनाथ पौडेलले सडकमा उत्पन्न जोखिमबारे एक महिनाअघि नै हुलाकी सडक आयोजनालाई जानकारी गराइसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पत्राचार गरेर सूचित ग¥यौँ तर तत्काल मर्मतको काम सुरु भएको छैन । सडक भासिएपछि हुलाकी सडक आयोजना बाँकेले उक्त स्थानमा सावधानीका लागि सूचना बोर्ड राखेको छ । आयोजनाका कार्यान्वयन एकाइ प्रमुख लीलाबहादुर भण्डारीका अनुसार सडक भासिएको स्थानमा पहिल्यै कलभर्ट रहेको थियो र त्यही भाग कमजोर भएर धस्सिएको हो ।

भण्डारीले भन्नुभयो, “सडक निर्माणको जिम्मा लिएको शर्मा एन्ड कम्पनीलाई घटनाबारे जानकारी दिइसकिएको छ । कम्पनीले शीघ्र मर्मत सुरु गर्ने प्रतिबद्धता जनाएको छ ।”

गुलरिया–नेपलगन्ज सडक निर्माणका लागि हुलाकी सडक आयोजना बाँके र शर्मा एन्ड कम्पनी काठमाडौँबिच २०७९ भदौ २६ गते ठेक्का सम्झौता भएको थियो । करिब २८ किलोमिटर लामो सडक २०८२ मङ्सिर २८ गतेभित्र सक्नुपर्ने भए पनि कम्पनीले तोकिएको समयभन्दा छ महिनाअघि नै काम सम्पन्न गरी स्याबासी पाएको थियो । चार महिनामै सडक भासिन थालेपछि निर्माणमा कमसल सामग्री प्रयोग गरिएको आशङ्का बलियो बन्दै गएको छ । यस परियोजना अन्तर्गत करिब १२ किलोमिटर चार लेन र १६ किलोमिटर डेडिकेटेड डबल लेन सडक निर्माण गरिएको थियो । अहिले स्थानीयवासी, चालक र जनप्रतिनिधिले तत्काल मर्मत अगाडि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.