Alag Dhar

पछिल्ला समय मकवानपुरमा साइबर अपराधका घटना वृद्धि

मकवानपुर । मकवानपुरमा पछिल्ला वर्षहरुमा साइबर अपराधका घटना वृद्धि हुँदै गएको छ । इन्टरनेटको प्रयोग गरेर हुने स्क्याम तथा अनलाइन ठगीको घटना बढ्दै गएको हो ।

अनलाइनबाट स्क्याम वा ठगी हुने क्रम बढेपछि प्रहरीमा उजुरी दिनेको संख्या पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा मात्रै अनलाइन ठगी वा स्क्याममा परेको भन्दै ५२ जनाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८१/०८२ मा २ सय २३ जनाले अनलाइन स्क्याम भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा अनलाइन ठगी बिरुद्ध ९४ जनाको मात्र प्रहरीमा उजुरी परेको प्रहरीको तथ्याङ्क छ । विशेषगरी इ–सेवा, अनलाइन बैकिङलगायतका अनलाइनबाट आर्थिक कारोबारमा स्क्याम हुने गरेको साइबर अपराधसम्बन्धी उजुरी आउने गरेको उहाँले बताउनुभयो ।

अनलाइनबाट किनमेल गर्दा पनि स्क्याम हुने गरेको प्रहरीले जनाएको छ । अनलाइन ठगीपछि पीडितको समस्या समाधान भने कमैको मात्र हुने गरेको छ । गत आर्थिक वर्ष २ सय २३ जनाले उजुरी गरेकोमा जम्मा २७ जना पीडितको मात्रै समस्या समाधान भएको पनि प्रहरीको तथ्याङ्क छ । चालु आर्थिक वर्षको साउनयता ५२ जनाले अनलाइन ठगीमा परेको भन्दै उजुरी दिएकोमा हालसम्म २ वटा उजुरीको मात्र टुंगो लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चालु आर्थिक वर्षको असोजसम्म फेसबुक ह्याक, फेक फेसबुक आइडी, टिकटकलगायतका सामाजिक सञ्जालसम्बन्धी अपराधबिरुद्ध २४ वटा उजुरी परेका छन् । गत आर्थिक वर्ष १ सय ७० वटा सामाजिक सञ्जालसम्बन्धी साइबर अपराधबिरुद्ध उजुरीहरु परेको कार्यालयले जनाएको छ । सामाजिक सञ्जालसम्बन्धी र अनलाइन आर्थिक कारोबार गर्दा हुनसक्ने जोखिमबारे प्रयोगकर्ताहरु अनविज्ञ भएकाले यस्ता अपराधहरु बढ्दै गएको प्रहरी नायव उपरीक्षक बोगटीले बताउनुभयो ।

मुख्य समाचार

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिक...
पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

काठमाण्डौं । गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्...
रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । मह...
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.