Alag Dhar

प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दो क्रममा

मकवानपुर । लहान नगरपालिका ३ स्थित रहेको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा बिरामीको चाप ह्वातै बढेको छ । अस्पतालमा सेवा सुविधा र निरन्तर निगरानी हुनथालेपछि विरामीको सङ्ख्या बढेको हो । विराटनगर र धरान जाने बिरामीहरुको उपचार यहि हुन थालेपछि बिरामीहरुमा भरोसा जागेका छन् ।

प्रादेशिक अस्पतालमा स्तरोन्नती भएपछि आधुनिक ल्याब, डाइलोसि सेवा र विभिन्न विभगका चिकित्सक र कुसल मेडिकल सुपरीडेन्टेडको सक्रियताले अस्पतालमा दिनहुँ तीन सयभन्दा बढि बिरामीहरुको जाँच हुन थालेको छ । पन्ध्र शय्याको अस्पतालमा सय शय्याको उपचार हुन थालेपछि अस्पतालमा बिरामीको चाप बढ्नु स्वभाविक भए पनि अस्पतालको जग्गा रजिष्ट्रेशन नभएकाले भौतिक निर्माणका कार्यहरु अघि बढ्न नसकेको मेसु रञ्जित कुमार झाले बताउनुभयो ।

उहाँको अनुसार अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि लाग्ने लाभकर मिनहाको लागि सङ्घीय सरकार अर्थ मन्त्रालयमा सिरफरिस गरिए पनि मिनहाको निर्णय नहुँदा एक वर्षदेखि रजिष्ट्रेशनको प्रक्रिया अघि बढ्न सकेको छैन ।

२०३७ सालमा अस्पताल निर्माण गरिदिएका लहानका दाताद्वय राम कुमार शारडा र उमाप्रसाद मुरारकाको परिवारले एक विगा पन्ध्र कठा जग्गा रजिष्ट्रेशनका लागि दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका तयार भए पनि लाभकर एक करोड ३५ लाख लाग्ने भएपछि सो लाभकर मिनहाका लागि पहल भइरहेका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘मधेश प्रदेश सरकारबाट मिनहाका लागि पहल गर्यौ । अहिले संघ सरकारमा गएर अडकेको छ । यसका लागि सर्वदलीय पहल आवश्यक छ ।’’

सिरहा सप्तरी र उदयपुर जिल्लाका लागि समेत स्वास्थ्य सेवा दिइरहेका यस अस्पतालको स्तरोन्नति हुनुपर्ने आवाज उठ्न थालेपछि जग्गा रजिष्ट्रेशनका लागि स्थानीयहरुले माग गरेपछि दाता परिवार जग्गा रजिष्ट्रेशन गर्न तयार हुनुको साथै अझै लगानी गर्नुपरे तयार रहेका दाता परिवारका मुरारीलाल मुरारकाले बताउनुभयो । जग्गा रजिष्ट्रेशनमा निकै समय लागेपछि अन्य थप सहयोग चाहेर पनि गर्न नसकेको उहाँले गुनासो पोख्नुभयो ।

अस्पतालको जग्गा रजिष्ट्रेशन थप सेवा प्रवाह गर्न आवश्यक सहयोग र पहलको लागि प्रदेश सरकार संघ सरकार र स्थानीय सरकारसँग सम्न्वय गरेर अघि बढ्ने गृहकार्यमा लाग्ने अस्पताल विकास समितिका अध्यक्ष राम नारायाण मेहताले जानकारी दिनुभयो । ‘‘जीर्ण भवन निर्माण थप नयाँ भवननिर्माण, चिकित्सकको जीर्ण आवास भवन सिटि स्कायन सञ्चालन लगायका कार्यहरु अघि बढाउन जग्गा रजिष्ट्रेशन आवश्यक छ,’’ उहाँले भन्नुभयो ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.