Alag Dhar

Day: २०८२ कार्तिक १४, शुक्रबार ११:२७

भारतीय कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको  मृत्यु

भारतीय कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकैको मुग्लिङ–नारायणगढ सडकखण्डमा मोटरसाइकल र भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजेर १० मिनेटको समयमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको एनएल ०१–२३७४ नम्बरको भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक धादिङ जिल्लाको गजुरी गाउँपालिका–८ का ३८ वर्षीय रामचन्द्र तामाङ र पछाडी सवार १८ वर्षीय रोहित तामाङ घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो…
Read More
सुन्तला टिप्न किसानलाई भ्याइनभ्याई

सुन्तला टिप्न किसानलाई भ्याइनभ्याई

मकवानपुर । हरिबोधनी एवं ठुलो एकादशीमा नवलपुरका विभिन्न स्थानमा लाग्ने मेलामा बिक्रीका लागि सुन्तला टिप्न जिल्लाका किसानलाई भ्याइनभ्याई भएको छ । कावासोती –११ को पिठौली र गड्गडीघाट, कावासोती –१५ को गुन्द्रही र बाणखोलाको संगमस्थल, देवचुलीको केउरेनीस्थित नारायाणी नदी किनार र बौदीकालिको डेढगाउँमा रहेको बालिघाटनमा एकादशी मेला लाग्ने गर्छ । मेलामा सुन्तलाको व्यापार राम्रो हुने भएकाले किसान सुन्तला टिप्न व्यस्त देखिएका हुन् । बुलिङटार गाउँपालिकाको राइकोट, रामकोट, छरछरे र बौदिकालिको बोबकका किसानले व्यवसायिक रुपमा सुन्तला खेती गर्दैआएका छन् । यसवर्ष भने बिहीबारदेखि नै झरी परेको छ । झरीमा पनि किसानले मेला स्थलसम्म सुन्तला लग्ने तयारी गरिरहेका छन् । झरीका कारण सुन्तला…
Read More
विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने किशोरीलाई एक लाख प्रोत्साहन भत्ता

विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने किशोरीलाई एक लाख प्रोत्साहन भत्ता

मकवानपुर । सिन्धुलीको मरिण गाउँपालिकाले यस वर्ष स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई एक लाख रुपियाँ प्रोत्साहन भत्ता दिने भएको छ । पालिकाले बाल विवाह न्यूनीकरणका लागि २० वर्ष पूरा गरी स्नातक तह उत्तीर्ण गरेर विवाह गर्ने किशोरी तथा विवाह नगरी बसेका महिलालाई उक्त भत्ता उपलब्ध गराउन लागेको हो । बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुर्‍याउन यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । त्यस्ता किशोरी तथा अविवाहित महिलालाई उक्त रकम वितरण गर्न गाउँपालिकाले विहिबार १५ दिने सूचना आह्वान गरेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उक्त भत्ता वितरण…
Read More
प्रदेश अस्पताल गोरखामा शुक्रबार बिहान देखी नर्सहरुको धर्ना

प्रदेश अस्पताल गोरखामा शुक्रबार बिहान देखी नर्सहरुको धर्ना

मकवानपुर । गोरखाको एक मात्र सरकारी अस्पताल प्रदेश अस्पतालमा कार्यरत नर्सहरुले शुक्रबार बिहान खि धर्ना दिएका छन् । अस्पताल प्रशासनको भवन अगाडि धर्ना दिँदै हात हातमा प्ले कार्ड लिएर सरकारी नर्सहरु सरह तलब सेवा सुविधा र सुरक्षित वातावरणको माग गर्दै धर्ना दिएका हुन् । नर्सहरुले समयमै नियमित तलब नपाएको, कामको भार अत्यधिक बढेको र पद अनुसारको पारिश्रामिक नपाएकाले नर्सहरुले सरकार र अस्पताल प्रशासनले आफ्ना माग बेवास्ता गरेको आरोप लगाएका छन् । धर्नामा सहभागी हुनुभएकी नर्स सन्तोषी श्रेष्ठले भन्नुभयो, ‘हामी सेवा गर्न आएका हौं तर हाम्रो श्रमको उचित मूल्य नपाउनु अन्याय भएकाले नर्सलाई शोषण गर्न पाइँदैन भन्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु…
Read More
मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी वर्षा

मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी वर्षा

मकवानपुर । मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । यद्यपि बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ । उहाँका अनुसार यो भारी वर्षा हो । दुई सय मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ । सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ । झापा…
Read More
झापा महिला गोल्डकप सोमबारदेखि सुरु

झापा महिला गोल्डकप सोमबारदेखि सुरु

मकवानपुर । ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले यहाँ वर्षा भइरहेकाले प्रतियोगिता दुई दिन ढिला हुन लागेको हो । यसअघि शिवसताक्षीस्थित दुधे रङ्गशालामा उक्त प्रतियोगिता शनिबारदेखि आरम्भ हुने तय भएको थियो । प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही रू…
Read More
प्रहरी चौकी आक्रमणमा संलग्न रहेका सात जना पक्राउ

प्रहरी चौकी आक्रमणमा संलग्न रहेका सात जना पक्राउ

मकवानपुर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवलपुरको हुप्सेकोट प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुप्सेकोट गाउँपालिका–१ का ३७ वर्षीय नरबहादुर विक, सोही ठाउँका ३२ वर्षीय चुमबहादुर राना, ४२ वर्षका मिनबहादुर थापा, ३८ वर्षका अमरबहादुर कामी, १८ वर्षका ईश्वर सिंह ठकुरी, १९ वर्षका होमबहादुर थापा क्षेत्री र ३८ वर्षका सोवालाल थापा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो । आन्दोलनका क्रममा हुप्सेकोट गाउँपालिका–१ बेलुवास्थित प्रहरी चौकीमा अनधिकृत रूपमा प्रवेश गरी कार्यालय भवन र सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको घटनामा उनीहरू संलग्न रहेको…
Read More
नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायणगढ–मुग्लिन सडक सञ्चालन

मकवानपुर । पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवागमन अवरुद्ध भएको थियो । सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
Read More
तोलामा दुई हजार सात सयले  बढ्यो  सुनको मूल्य

तोलामा दुई हजार सात सयले बढ्यो सुनको मूल्य

मकवानपुर । सुनको मूल्य प्रतितोला रू. दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रू. दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू। दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रू. ८० ले बढेर रू. तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Read More
कागबेनी सडक भासियो, यातायात अवरुद्ध

कागबेनी सडक भासियो, यातायात अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण जोमसोम–कागबेनी सडक भासिएको छ । सडक भासिएपछि यातायाता पूर्ण रुपमा अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम–कागबेनी सडकको पाण्डा खोलामा कालोपत्रे गरिएको सडक करिब ५० मिटर भासिएको छ । सडक माथिबाट लेदो सहितको पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सन्तोष वत्स्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा जोमसोम हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ सिधा यातायात अवरुद्ध भएको छ । उपकरण प्रयोग गरेर केहीबेर सडक खुलाएर रोकिएका सवारीसाधनहरु पार गरेपनि फेरी माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको सूचना अधिकारी वत्स्यालले बताउनुभयो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.