Alag Dhar

गौरीटार रङ्गशालालाई खेलकुदसँगै अध्ययन र प्रशिक्षण केन्द्र बनाइने : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा–६ स्थित गौरीटार रङ्गशालालाई खेलकुदसँगै अध्ययन, सिकाइ र शैक्षिक प्रशिक्षणको केन्द्रका रूपमा विकास गरिने बताउनुभएको छ । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ को बुधबार उद्घाटन गर्नुहुँदै उहाँले गौरीटार क्षेत्रलाई प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइने बताउनुभएको हो ।

बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोह मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यता तथा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको सभाध्यक्षतामा गौरीटार अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा विभिन्न खेलकुद प्रदर्शनी प्रस्तुत गरिएको थियो भने गायिका समीक्षा अधिकारी र मकवानपुरकी गायिका प्रतिमा अर्यालको सांगीतिक प्रस्तुति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले गौरीटार रङ्गशालालाई सौन्दर्यीकरण, कभर्ड हल, अभ्यासस्थल, प्रकाश व्यवस्था र विभिन्न खेल विधाका पूर्वाधारसहित भव्य रङ्गशालाका रूपमा विकास गरिने बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय, अन्तरप्रदेश र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने गरी रङ्गशालालाई अघि बढाइनेछ । गौरीटारलाई दीर्घकालीन खेल पूर्वाधारका रूपमा विकास गर्ने विषयमा प्रदेश खेलकुद विकास परिषद्ले पनि काम अघि बढाएको जनाएको छ । कार्यक्रममा परिषद्का सदस्य–सचिव दीपक लामाले हेटौँडामा खेल पूर्वाधार पूर्णरूपमा तयार भइनसकेका कारण केही खेलहरू हेटौँडाबाहिर सञ्चालन गर्नुपरेको बताउनुभयो । ट्र्याक एन्ड फिल्डका लागि सिन्थेटिक ट्र्याक नभएकाले उपलब्ध संरचना सुधार गरेर खेल सञ्चालन गर्नुपरेको भन्दै उहाँले परिषद्को तर्फबाट क्षमा माग्नुभयो ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.