Alag Dhar

Day: २०८३ असार ४, बिहीबार ११:४१

फेरि घट्याे शेयर बजार, २७०० विन्दुमा झर्‍याे

फेरि घट्याे शेयर बजार, २७०० विन्दुमा झर्‍याे

काठमाण्डौं । लगातार चार कारोबार दिन घटेर हिजो स्थिर रहेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०६ अङ्कले घटेर २ हजार ७०० दशमलव ४७ विन्दुमा झरेको छ । आज बैंक, फाइनान्स, माइक्रोफाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन् । आज १८२ वटा कम्पनीका शेयर घटेकामा ७६ वटाका बढेका छन् । यस्तै १४ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् । आज ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन अपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सको शेयर १५ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै…
Read More
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ चितवन पहिलो

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ चितवन पहिलो

हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ चितवन जिल्ला पहिलो भएको छ । हेटौँडामा सम्पन्न एथ्लेटिक्स विधामा चितवनले १५ स्वर्ण, १३ रजत र ३ कास्य गरी कुल ३१ पदक जित्दै पहिलो स्थान हासिल गरेको हो । प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो । विभिन्न स्पर्धामा भएको प्रतिस्पर्धामा चितवनका खेलाडीहरूले पुरुष र महिलातर्फ उत्कृष्ट प्रदर्शन गरेका हुन् । चितवनले पुरुषतर्फ ९ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको छ भने महिलातर्फ ६ स्वर्ण, ५ रजत र १ कास्य पदक जितेको छ । एथ्लेटिक्सतर्फ काठमाडौं दोस्रो स्थानमा रह्यो ।…
Read More
गौरीटार रङ्गशालालाई खेलकुदसँगै अध्ययन र प्रशिक्षण केन्द्र बनाइने : मुख्यमन्त्री बानियाँ

गौरीटार रङ्गशालालाई खेलकुदसँगै अध्ययन र प्रशिक्षण केन्द्र बनाइने : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा–६ स्थित गौरीटार रङ्गशालालाई खेलकुदसँगै अध्ययन, सिकाइ र शैक्षिक प्रशिक्षणको केन्द्रका रूपमा विकास गरिने बताउनुभएको छ । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ को बुधबार उद्घाटन गर्नुहुँदै उहाँले गौरीटार क्षेत्रलाई प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइने बताउनुभएको हो । बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोह मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यता तथा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको सभाध्यक्षतामा गौरीटार अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा विभिन्न खेलकुद प्रदर्शनी प्रस्तुत गरिएको थियो भने गायिका समीक्षा अधिकारी र मकवानपुरकी गायिका प्रतिमा अर्यालको…
Read More
पोर्चुगल र डीआर कंगोबीच १–१ को बराबरी

पोर्चुगल र डीआर कंगोबीच १–१ को बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डिआर कंगो सँग १-१ को बराबरीमा रोकिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएकव समुह के को खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भयो । पोर्चुगलका जोआओ नेभेसले लागि छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् । तर ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोलेपहिलो हाफमै बराबरी गोल फर्कायो । कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरेका थिए । फिफा विश्वकप इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंक समेत हो ।…
Read More
दर्ता नवीकरण नगरेका मकवानपुरका ४० बढी औषधि पसल बन्द गर्न प्रशासनको निर्देशन

दर्ता नवीकरण नगरेका मकवानपुरका ४० बढी औषधि पसल बन्द गर्न प्रशासनको निर्देशन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता नविकरण नभएका ४० बढी औषधी तथा फार्मेसी पसलहरु बन्द गर्न निर्देशन दिएको छ । औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका मकवानपुरका ४० भन्दा बढी औषधि पसलहरु पनि बन्द गर्ने प्रशासन कार्यालयले निर्देशन दिएको हो । बुधबार एक सूचना जारी गर्दै कार्यालयले देशभरका ५ हजार ३०२ वटा औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र (अनुमति) रद्द गरिएको र उक्त निर्णय अनुसार मकवानपुरका ४० बढी औषधी तथा फार्मेसी पसल दर्ता नविकरण नरहेकाले बन्द गर्न सूचित गरेको हो । दर्ता खारेज भएका उक्त औषधि पसलहरूलाई आजैका मितिदेखि आफ्नो कारोबार पूर्ण रुपमा बन्द गर्न प्रशासन कार्यालयको निर्देशन रहेको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.