Alag Dhar

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागिएको एकता अनुमोदनका लागि दिउँसो १ बजे बैठक बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच पार्टी एकताका लागि आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।

त्यस्तै नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा (माओवादी समाजवादी) कर्णजित बुढाथोकी र ने.क.पा. (साम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंहले पनि एकताको सहमतिमा हस्ताक्षर गरेका छन्।

उनीहरूले चुनाव चिह्न पाँच कुने तारा तोकेका छन्। एकतापछि बन्ने दलको नाम भने निर्णय भइसकेको छैन।

पार्टीको सिद्धान्त माक्र्सवाद लेलिनवाद हुने उल्लेख छ। त्यस्तै आगामी ६ हिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा उल्लेख छ।

उनीहरूले बुधबार एकता घोषणा र बिहीबार एकीकृत पार्टीको संयुक्त केन्द्रीय कमिटी बस्ने तय गरेका छन्। केन्द्रीय कमिटीको आकार भने आठ सय नाघ्ने देखिएको छ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.