२०८२ कार्तिक १८, मंगलवार ११:५६
२०८२ कार्तिक १८, मंगलवार ११:५६
मकवानपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो । आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु. पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ६६, विकास बैङ्क एक दशमलव ४७, वित्त दुई दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव २१ र…