Alag Dhar

झुम्का कारागारबाट भागेका पाँच सय ७२ कैदीबन्दी अझै सम्पर्कविहीन

मकवानपुर । सुनसरीको रामधुनी नगरपालिका-५, झुम्का कारागारबाट फरारमध्ये अधिकांश फर्किएको भएपनि अझै पाँच सयभन्दा बढी कैदीबन्दी सम्पर्क बाहिर रहेका छन् ।

भदौ २४ गते राति जेनजी आन्दोलनको अव्यवस्थाबिच झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये ठुलो सङ्ख्यामा पुनः कारागार फर्किएका कारगार प्रशासनले जनाएको छ ।

कारागारका प्रमुख जेलर सुवास लामिछानेका अनुसार हालसम्म एक हजार २५९ जना कैदीबन्दीले आत्मसमर्पण गरी पुनः कारागार प्रवेश गरेका छन् । तर, कार्तिक १८ गतेसम्म अझै पाँच सय ७२ जना फरार रहेका छन् । फरारमध्ये ४९ जना भारतीय नागरिक रहेको पुष्टि भएको छ ।

झुम्का कारागारबाट फरार रहेका ६१ भारतीय कैदीमध्ये केवल १२ जना मात्र फर्किएका छन् । आन्दोलनको बेला झुम्का कारागारमा कुल १ हजार ७९६ कैदीबन्दी रहेका थिए । आन्दोलनको दोस्रो दिन राति ठुलो भिड र अव्यवस्थाबिच सबै कैदीबन्दी बाहिरिएका थिए। त्यसपछि सुरक्षा निकाय र प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गर्दै आएका छन् । कारागार व्यवस्थापन विभागले असोज २० गतेभित्र फर्किन निर्देशन जारी गरेको थियो । सो समय सीमा समाप्त भइसकेपछि अझै नफर्किनेहरूलाई कारागार ऐन अनुसार कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले फरार कैदीबन्दीलाई नियन्त्रणमा ल्याउन प्रहरीले अभियान अघि बढाएको जानकारी दिनुभयो । फर्किन नचाहनेमाथि कानुन बमोजिम कठोर कदम चालिने जानकारी दिनुभयो । यसअघि पनि कारागार प्रशासनले फरारहरूको विवरण प्रहरीमा पठाई सीमाक्षेत्र र मुख्य सडकमुख्य नाकाहरूमा विशेष निगरानी बढाएको जनाएको छ ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.