Alag Dhar

प्रतिनिधिसभा चुनाव : स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त

मकवानपुर । आगामी प्रतिनिधि सभा चुनावका लागि स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ । उक्त चुनावका लागि आवश्यक सामग्रीहरूको जोहोमा निर्वाचन आयोग लागेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त छ’ उनले भने । उनका अनुसार मतपेटिका पनि शतप्रतिशत छ ।

आयोगका अनुसार मतपेटिका नयाँ खरिद गर्न पर्दैन । यसअघि प्रयोग भएकै मतपेटिका पुनस् प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पनि प्रर्याप्त रहेकाले नयाँ खोज्नु नपर्ने भएको छ ।

अन्य आवश्यक सामग्री भने खरिद गर्नुपर्ने हुन्छ । यो सहितको निर्वाचन बजेट तयार भएको छ । तयार भएको बजेट आयोगले अर्थ मन्त्रालय पठाएको छ ।

निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाएको बजेटमा आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।

निर्वाचन आयोगले बजेट निर्माण गरेसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ। अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै आवश्यक सामग्री किन्न सुरू गर्ने आयोगको तयारी छ । यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्न मिल्ने सामग्रीहरूमा मतपेटिका समेत छ ।

अर्थ मन्त्रालयले बजेटबारे छिट्टै निर्णय र दिने र आवश्यक सामग्री खरिदको प्रक्रिया सुरु गर्ने आयोगले जनाएको छ ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.