Alag Dhar

बागमती प्रदेशकी पूर्व राज्यमन्त्री जोन्छेको निधन

मकवानपुर । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपचारका क्रममा निधन भएको छ ।

नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएकी पूर्व राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठका अनुसार जोन्छेको मङ्गलबार नै भक्तपुरस्थित हनुमानघाटमा अन्तिम दाहसंस्कार गरिनेभएको छ ।जोन्छे राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा २०७८ पुसमा बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्नुभएको थियो ।

उहाँ सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी हुनुहुन्थ्यो । पूर्व राज्यमन्त्री जोन्छे केही समयदेखि अस्वस्थ रहँदै आउनु भएको थियो । उहाँको निधनले कांग्रेस र लोकतान्त्रिक आन्दोलन दुवै क्षेत्रमा अपूरणीय क्षति पुगेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

नेत्री जोन्छेले लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवअधिकारका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो ।

स्वर्गीय जोन्छेको पार्थिव शरीर राधेश्याम स्मृति प्रतिष्ठान कार्यालय, चुनदेवी भक्तपुरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।जोन्छेका तीन जना छोरा हुनुहुन्छ ।

मुख्य समाचार

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयक...
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

काठमाण्डाै ।  नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही ...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.