Alag Dhar

लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी

मकवानपुर । सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ मा बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधिन महेन्द्र झ्याडी लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी भएको छ ।

विगत तीन वर्षदेखि निर्माणाधीन उक्त योजनामा प्रयोग गर्नका लागि जडान गरेको १०० केभि ट्रान्सफर्मर मङ्गलबार राती चोरी भएको स्थानीयले बताएका छन् । विद्युत जोड्न बाँकी रहेको उक्त ट्रान्सफर्मर फुटाई भित्रको तामाको तार(क्वाईल) लिएर गएको सो वडाका अध्यक्ष कमलकुमार राईले जानकारी दिनुभयो।

उक्त ट्रान्सफर्मर चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी चौकी महेन्द्र झ्याडीले जनाएको छ । चौकीका ईन्चार्ज (सई)राजनारायण साहले बस्तिी भन्दा अलिपर जङ्गलमा उक्त ट्रान्सफर्मर जडान गरिएको र चोरी गर्नेको पहिचान नखुलेको बताउनुभयो ।

वडा अध्यक्ष राईका अनुसार चोरी भएको ट्रान्समिटर २०८२ सालमा सो ठाँउमा जडान गरिएको थियो । उक्त योजना निर्माणका हालम्म ६५ लाख रुपिया खर्च भइसकेको र योजना निर्माणको काम ७५ प्रतिशत पुरा भइसकेको छ । योजना निर्माणको काम यो वर्ष सक्ने लक्ष्य रहेकोमा बागमती प्रदेश सरकारले बजेट बिनियोजन नगरेको उहाँले जानकारी दिनुभयो ।

उक्त योजना सम्पन्न भएपछि मरिण खोलाको पानी लिफ्ट गरी हरिहरपुरगढी गाँउपालिका–४ मा झ्याडी र भल्खाडामा गरी करिब ५५० बिघा जमिनमा बर्षैभरि सिँचाइ सुविधा पुग्ने उहाँले बताउनुभयो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.