Alag Dhar

गोरखामा कृषि, पर्यटन र व्यापार प्रवर्धनको तेस्रो मेला सुरु

मकवानपुर । गोरखा सदरमुकामस्थित हरमटारी खेलकुद मैदानमा बिहीबारदेखि तेस्रो कृषि, पर्यटन तथा व्यापार मेला सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्स र नेपाल ओमन चेम्बर अफ कमर्सको संयुक्त आयोजनमा गोरखामा तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रवर्धन मेला सुरु भएको हो ।

तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रवर्धन मेलाको उद्देश्य स्थानीय कृषि उत्पादन, साना तथा मझौला उद्यम, र सांस्कृतिक विविधतालाई प्रवर्धन गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

मेलामा १५० वटा स्टल रहन्छन् भने गोरखाका ११ वटा पालिकाका कृषक, उद्यमी तथा व्यवसायीहरूले आफना उत्पादन र सेवाहरू प्रदर्शन तथा बिक्री गर्ने अवसर भएको बताइएको छ ।

स्थानीय स्तरको उत्पादनको बजार विस्तार र सम्भावनालाई जोड दिने उद्देश्यले आयोजना गरिएको मेलाले कृषि, उद्यमी र उपभोक्ता बिच प्रत्यक्ष सहकार्यको वातावरण निर्माण गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

मेलाको औपचारिक उद्घाटन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले भन्नुभयो, गोरखा केबल ऐतिहासिक र धार्मिक सहर मात्रै होइन, यस क्षेत्रमा कृषि, पर्यटन र उद्यमशीलतामा अपार सम्भावना भएकाले मेलाले स्थानीय उत्पादनलाई बजार विस्तार गर्न र स्वदेशी उद्यमलाई प्रोत्सहन गर्न योगदान पुग्ने भन्दै गोरखालाई कृषिमा आत्मनिर्भर बनाउन कृषि र उद्योगको सहकार्यलाई प्राथामिकता दिनुपर्ने छ ।’

मेलामा स्थानीय सांस्कृतिक समुह र राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलामा परम्परागत नृत्य, लोकसङ्गीत तथा बालबालिकाका विशेष प्रस्तुति मेलाको थप आकर्षण बन्ने छन् ।

मेलामा कृषि प्रविधी, घरेलु उद्योग, पर्यटन प्रवर्धन, हस्तकला, फुड फेस्टिबल र स्थानिय उत्पादन समेत प्रदर्शन हुन्छ, चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष रामस्वरूप श्रेष्ठले भन्नुभयो, ‘यो मेला केबल व्यापारिक कार्यक्रम नभई गोरखाको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान उजागार गर्ने माध्यम पनि हो ।’

दस दिनसम्म चल्ने मेलामा ४ करोड रुपियाँ कारोबार हुने अपेक्षा गरिएको छ भने ५० हजार दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

मुख्य समाचार

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका सभाले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत एक अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ । न...

भोजपुर । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ६०० रुपैयाँ...
साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

काठमाण्डौं । साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डला...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.