Alag Dhar

नवलपुरका २१ विद्यालयमा फुटबल वितरण

मकवानपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा फिफा फुटबल फर स्कुल्स कार्यक्रम अन्तरगत बिहीबार नवलपुरका २१ वटा विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको छ । कावासोती तीन स्थित सिद्धार्थ आवासीय माविमा आयोजना गरिएको कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले विद्यालयका प्रतिनिधिहरूलाई फुटबल हस्तान्तरण गर्नुभएको हो ।

कावासोती १२ का वडाध्यक्ष तथा नगर खेलकुद विकास समिति अध्यक्ष ध्रुव खनाल (दिपेश), (एन्फा) उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा सदस्य भरत बुुडा थापा र पुरुषोत्तम थापा लगायतको उपस्थितिमा फुटबल हस्तान्तरण गरिएको हो ।

प्याब्सन नवलपुरका अध्यक्ष समेत रहनुभएका कावासोती १६ डण्डामा रहेको नवलपुर एकेडेमीका प्रिन्सिपल हरिहर अधिकारीलाई फुटबल हस्तान्तरण गरि कार्यक्रम सुरुआत गरिएको थियो ।

कार्यक्रममा बोल्दै (एन्फा) अध्यक्ष नेम्वाङले फिफा र युनेस्कोको सहकार्यमा विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्कुलका विद्यार्थीलाई फुटबल प्रदान गरिएको बताउनुभयो ।

यस कार्यक्रमबाट देशभरका ७७ जिल्लाका १ हजार ७२ विद्यालय र गण्डकी प्रदेशका एक सय १५ वटा विद्यालयमा फुटबल हस्तान्तरण गरिने जानकारी दिनुभयो । एन्फाले फुटबल वितरण गरेर मात्रै सीमित नहुने भन्दै उहाँले विद्यालयका बालबालिका तथा किशोर किशोरीलाई फुटबल खेलमा संलग्न गर्दै उनीहरूको समग्र विकासमा सघाउ पुर्‍याउने कार्य गर्ने बताउनुभयो । फुटबल मार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिता जीवनोपयोगी सीप सिकाउने लक्ष्य एन्फाले लिएको उहाँको भनाइ थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको यस कार्यक्रम अन्तर्गत जिल्लाका सामुदायिक र संस्थागत गरी २१ वटा विद्यालयलाई प्रति विद्यालय २० वटाका दरले फुटबल हस्तान्तरण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुन एन्फाले विद्यालयहरूसँग आवेदन माग गरेको र नवलपुरमा निवेदन दिएका २१ विद्यालय छनोट गरी फुटबल हस्तान्तरणको कार्य भएको जिल्ला फुटबल सङ्घका कार्यवाहक अध्यक्ष मेघराज पाण्डेले बताउनुभयो ।

मुख्य समाचार

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.