Alag Dhar

निर्वाचन नजिकिँदै गर्दा बारामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आयोगले सुरु गरेको मतदाता नामावली दर्ता गराउने सेवाग्राहीको भीड दिनानुदिन बढ्दै गएको छ ।

राजनीतिक दलहरूले तयारीमा सक्रियता देखाइरहेका बेला आम नागरिकहरू भने आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न व्यस्त भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत नवीन चौधरीका अनुसार निर्वाचनसम्बन्धी अध्यादेश असोज १० गते जारी गरेपछि कार्तिक १९ गतेसम्म तनि हजार ८५० जना नयाँ मतदाता थपिएका छन् ।

ती मध्ये दुई हजार हजार ४३७ पुरुष र एक हजार ४१३ जना महिला गरि तीन हजार ८५० जना नयाँ मतदाता थपिएका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दैनिक दुई सयदेखि २५० जना सेवाग्राही नाम दर्ता, संशोधन र अद्यावधिकका लागि कार्यालय आउने गरेका छन् ।”

आयोगले नाम दर्ता तथा अद्यावधिकको समय कार्तिक मसान्तसम्म तोकेको छ, नाम दर्ता प्रक्रिया खुला गरेपछि दैनिक सयौँ नागरिकहरू कार्यालयमा आउने गरेका छन् ।

यस्तै, १७८ जनाले नाम, ठेगाना र थरमा त्रुटि सच्याउने तथा अद्यावधिक गराउने काम गरेका छन् ।बारा जिल्लामा हालसम्म कुल मतदाता सङ्ख्या चार लाख ४० हजार ५१५ जना छन् ।

तीमध्ये एक लाख ९९ हजार ३४३ जना महिला, दुई लाख ४१ हजार १६१ जना पुरुष र ११ जना अन्य तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बाराका नायब सुब्बा तथा सूचना अधिकारी मुकेशकुमार सिंहले जानकारी दिनुभयो । यो सङ्ख्या २०८२ असार मसान्तसम्मको तथ्याङ्क हो ।

उहाँका अनुसार, दरबन्दी अभावका बीच पनि कार्यालयले सहायक कर्मचारीहरूको सहयोगमा हरेक दिन बिहान ८ बजेदेखि साझा ६ बजेसम्म मतदाता नामावली दर्ता, संशोधन र अद्यावधिकको कार्य नियमित रुपमा सञ्चालन भइरहेको सिंहले बताउनुभयो।

निर्वाचन नजिकिँदै गर्दा जनचासो र सहभागिता बढ्दै गएको देखिएको छ । स्थानीय तहका बासिन्दाहरू आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका छन् ।

युवादेखि वृद्धासम्मको नागरिकहरू लोकतान्त्रिक अधिकारको प्रयोगका लागि मतदाता नामावलीमा नाम समावेश गराउन उत्साहपूर्वक कार्यालयमा आउने गरेका छन् ।

निर्वाचन कार्यालयले नाम छुटेका मतदाताहरूलाई निर्धारित समयभित्र नाम दर्ता गर्न अनुरोध गर्दै सूचना अभियान पनि सञ्चालन गरेको छ ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.