Alag Dhar

एक हप्तामै साढे चार हजार क्विन्टल खरिद

मकवानपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक हप्ताको अवधिमा कैलालीमा चार हजार ४०० दशमलव ३९ क्विन्टल धान खरिद गरेको छ ।

यस वर्ष किसानको उत्पादन बढेको बेला कोटा घटाएर धान खरिद गरिरहेको खाद्यले जिल्लाको छ वटा स्थानबाट धान खरिद गरेको हो ।

धनगढी उपमहानगरपालिकाको मोहनपुर, गौरीगङ्गा, टीकापुर, सत्ती, भजनी र जोशीपुरबाट धान खरिद भइरहेको जनाएको छ ।

छ वटै ठाउँमा धान बिक्री गर्ने किसानको भीडभाड रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख दीपक थापाले बताउनुभयो ।

उहाँले बेलुकासम्म धान खरिदको काम भइरहेको जानकारी दिनुभयो । खाद्यले नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा ( मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ दशमलव ८१ रुपियाँमा ) धान खरिद गरिरहेको छ ।

नेपाल सरकारले गत साउनमै धानको समर्थन मूल्य निर्धारण गरेको थियो । तर, निजी गल्ला व्यापारीले समर्थन मूल्यभन्दा झन्डै एक हजार रुपियाँ कममा किसानको धान खरिद गर्दा धेरै किसानले सस्तोमै धान बिक्री गरिसकेका छन् ।

खाद्यले धान खरिद गर्न ढिलाइ गरेपछि काम चलाउनका लागि उनीहरूले अघि नै धान बेचेका हुन । सरकारले यसवर्ष सुदूरपश्चिम प्रदेशमा धान खरिद कोटा ३५ हजार क्विन्टलमात्रै निर्धारण गरेको छ ।

गतवर्ष सरकारले यस प्रदेशका लागि ५५ हजार क्विन्टल धान खरिद कोटा निर्धारण गरेको थियो । तर, खाद्यले ३४ हजार ५०१ दशमलव ८४ क्विन्टल धानमात्र खरिद गर्न सकेको थियो ।

केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले किसानको धान बढीभन्दा बढी खरिदका लागि धान खरिद कोटा बढाएर कम्तीमा तीन लाख क्विन्टल पु¥याउन अनुरोध गर्ने निर्णय गरेको थियो ।

सो निर्णयसहितको पत्र लेखेर केन्द्रीय कार्यालयमा पठाएको प्रमुख थापाले जानकारी दिनुभयो । उहाँले अहिले प्रथम चरणको कोटाअनुसार धान खरिद भइरहेको जनाउँदै केन्द्रीय कार्यालयले कोटा थप गरेमा थप धान खरिद गर्ने बताउनुभयो ।

“अहिलेलाई हामी हाम्रो बजेट र कोटानुसार मात्रै धान खरिद गर्दैछौँ”, प्रमुख थापाले भन्नुभयो ।” खाद्यले स्थानीय तहले सिफारिस गरेको आधारमा एक किसानबाट बढीमा ५० क्वीन्टल सम्ममात्रै धान खरिद गरिरहेको छ ।

किसान सूचीकृत फाराम भरेर धान खरिद गर्ने कार्य भइरहेको जनाइएको छ । किसानलाई भुक्तानी बैङ्कमार्फत हुने थापाको भनाइ छ ।

उहाँले एक हप्ताभित्रै धानको भुक्तानी दिने कार्य सुरु गर्ने उल्लेख गर्नुभयो । “बैङ्कमार्फत भुक्तानीका लागि सबै विवरण सङ्कलन गरिरहेका छौँ”, थापाले भन्नुभयो,“ चाँडै भुक्तानी दिने काम पनि सुरु हुन्छ ।”

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.