Alag Dhar

आयोजक टु स्टार क्लबलाई पुरुष र महिला दुबै विधामा उपाधी

मकवानपुर । ऐतिहासिक बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ । आयोजक क्लवले पुरुष र महिला दुवै विधामा उपाधी जित्न सफल भएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा शनिबार साँझ सम्पन्न पुरुष तर्फको फाइनल खेलमा आयोजक टु स्टार क्लबले तिजोक युवा क्लब नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध चार गोलले पराजित गर्दै उपाधी हात पारेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।

विजेता टु स्टार क्लबले नगद एक लाख १५ हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको तिजोक युवा क्लब नवमीडाँडाले ७० हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

यसैगरी, महिलातर्फको उपाधि पनि आयोजक टु स्टार क्लबले आफ्नै पोल्टामा पार्न सफल भयो । खेलमा आयोजक क्लबले फेमेसुवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै विजेता बनेको हो ।

महिला विजेता टु स्टार क्लबले १५ हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फेमेसुवा क्लबले आठ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बराहक्षेत्र कात्तिके पूर्णिमा मेलासँगै फाल्गुनन्द गाउँपालिका–२, इम्बुङस्थित सत्यहाङ्मा माध्यमिक विद्यालयको इनम खेलमैदानमा कात्तिक १७ गतेदेखि प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको आयोजना टु स्टार ग्रामीण सिर्जनशील क्लबले गरेको हो । क्लबका अध्यक्ष अर्जुन नेम्वाङका अनुसार यस्ता प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको छ ।

मुख्य समाचार

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ । प्रतिनिधिसभा निमामावली...
बुबाले गरे छोराको हत्या

बुबाले गरे छोराको हत्या

चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अन...
चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ । सिङ्गापुरमा आज भएकाे उद्घाटन ...
सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.