Alag Dhar

Day: २०८२ कार्तिक २३, आईतवार १२:१०

१२ को पूरक परीक्षाको नतिजा प्रकाशित

१२ को पूरक परीक्षाको नतिजा प्रकाशित

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् । ४ जनाको परीक्षाफल रद्द गरिएको छ । गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए । नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्नुपर्नेछ ।
Read More
युवा सङ्घले प्रेस स्वतन्त्रताको संरक्षण गर्छ : अध्यक्ष ओली

युवा सङ्घले प्रेस स्वतन्त्रताको संरक्षण गर्छ : अध्यक्ष ओली

मकवानपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रेस स्वतन्त्रताको संरक्षण युवा सङ्घले गर्ने बताउनुभएको छ। युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। उहाँले पत्रकारलाई ढुक्कसँग सञ्चारकर्म गर्न र कतैबाट असुरक्षित महसुस भए युवा सङ्घ नेपाललाई भन्न आग्रह गर्नुभयो। ‘तपाईंहरूलाई कोही कसैले धम्की दियो भने युवा सङ्घ नेपाललाई भन्नुहोस्। तपाईंहरूको सुरक्षा युवा सङ्घले गर्दछ ’ अध्यक्ष ओलीले भन्नुभयो। अध्यक्ष ओलीले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि आफू लामो सयम लडेकोले आफ्ना विरुद्ध प्रचार गर्दा पनि कहिले कसैलाई नधम्क्याएको बताउनुभयो। एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अघि बढाउने उहाँको भनाइ छ।
Read More
गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

मकवानपुर । कैलालीमा तरकारी बोकेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका –२ टनकपुरमा आइतबार बिहान दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदैगरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको मिनिट्रकले तरकारीका बेर्ना बेच्न हिडेका साइकलयात्री र पैदलयात्रुलाई ठक्कर दिएको थियो । मिनीट्रकले एकै ठाउँमा लस्करै चार जनालाई ठक्कर दिएको जनाइएको छ । इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डिएसपी रमेशराज अवस्थीले ट्रकको ठक्करबाट साइकलयात्री बर्दगोरिया गाउँपालिका –६ का ५५ वर्षीय शंकर डंगौराको मृत्यु भएको बताउनुभयो । डिएसपी अवस्थीले घाइते हुनेमा पैदलयात्री घोडाघोडी नगरपालिका –२, साँडेपानीका ५४ वर्षीय पदमबहादुर…
Read More
सुनको मुल्य तोलामा २ सयले बढ्यो

सुनको मुल्य तोलामा २ सयले बढ्यो

मकवानपुर । आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा झरेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ…
Read More
एक हजार क्युफिट बढि अवैध काठ बरामद

एक हजार क्युफिट बढि अवैध काठ बरामद

मकवानपुर । जिल्लामा अवैध वन पैदावार ओसारपसारमा संलग्नहरुलाई पक्राउ र मुद्दा दायरसँगै एक हजार क्युफिटभन्दा बढि काठ बरामद गरिएको छ । आर्थिक वर्ष २०७८/०७९, ०७९/०८० र ०८१/०८२ मा भएका वन अपराधका घटनामा ११ जना प्रतिवादीलाई पक्राउ गरेर अदालतमा मुद्दा दायर गरिएको छ भने एक हजार ६१.४८ क्युफिट अवैध वन पैदावार बरादम गरिएको हो । डिभिजन वन कार्यालय सल्यानले राष्ट्रिय वन तथा सामुदायिक वनहरूको संरक्षणका लागि नियमित अनुगमन, गस्ती र स्थानीय सूचना तथा जानकारीका आधारमा अवैध वन पैदावार ओसारपसारका घटनाहरुलाई नियन्त्रणमा लिएको हो । बिना इजाजत वन पैदावार २०९.९० क्युफिट सल्लो ओसारपसार गरेको अभियोगमा आर्थिक वर्ष २०७८/०७९ मा बागचौर नगरपालिकाबाट पक्राउ…
Read More
रौतहटको चार नगरपालिकामा आज शोक बिदा

रौतहटको चार नगरपालिकामा आज शोक बिदा

मकवानपुर । रौतहटको चार वटा नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनमा आज रौतहटको राजपुर नगरपालिका, परोहा नगरपालिका, इशनाथ नगरपालिका र बौधीमाइ नगरपालिकामा शोक बिदा दिइएको हो । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शनिबार बिहान २ः५८ मा निधन भएको थियो । राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सूचना जारी गर्दै राजपुर नगरपालिकाका नगर प्रमुख मोहम्मद डा. राजिक आलमको बुवाको निधनमा आइतबार एक दिनका लागि नगरपालिका तथा मातहतका कार्यालयमा शोक बिदा दिइएको जानकारी गराउनुभएको छ । त्यस्तै परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले…
Read More
योजनामा अनुशासन र पारदर्शिता अनिवार्य गर्न मुख्यमन्त्री  कमलबहादुर शाहको निर्देशन

योजनामा अनुशासन र पारदर्शिता अनिवार्य गर्न मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशन

मकवानपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास योजनामा अनुशासन, पारदर्शिता र प्राथमिकताको स्पष्टता अनिवार्य गर्न निर्देशन दिनुभएको छ । शनिबार बैतडीमा आयोजना गरिएको पालिका प्रमुख, संघ–प्रदेश–स्थानीय तहका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले बजेट विनियोजनदेखि कार्यान्वयनसम्मको प्रक्रिया पारदर्शी बनाउन आह्वान गर्नुभएको छ । पछिल्लो समय आवश्यकता नपरेका ठाँउ र स्थानमा बजेट छुट्याइएको र सम्पन्न योजनामा पुनः खर्च देखाइएको गुनासो बढ्दै गएको मुख्यमन्त्री शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वास्तविक आवश्यकता नबुझेको योजना कार्यान्वयनमा जाने छैन त्यसका लागि हरेक निकायले कार्यतालिका बनाएर मात्र अघि बढ्नुपर्छ ।’’ उहाँले उपभोक्ता समिति मार्फत कार्य सम्पन्न गर्ने परिपाटी अन्त्य गर्नुपर्ने…
Read More
आयोजक टु स्टार क्लबलाई पुरुष र महिला दुबै विधामा उपाधी

आयोजक टु स्टार क्लबलाई पुरुष र महिला दुबै विधामा उपाधी

मकवानपुर । ऐतिहासिक बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ । आयोजक क्लवले पुरुष र महिला दुवै विधामा उपाधी जित्न सफल भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा शनिबार साँझ सम्पन्न पुरुष तर्फको फाइनल खेलमा आयोजक टु स्टार क्लबले तिजोक युवा क्लब नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध चार गोलले पराजित गर्दै उपाधी हात पारेको हो । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । विजेता टु स्टार क्लबले नगद एक लाख १५ हजार रुपियाँ, ट्रफी, मेडल र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.