Alag Dhar

गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

मकवानपुर । कैलालीमा तरकारी बोकेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका –२ टनकपुरमा आइतबार बिहान दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदैगरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको मिनिट्रकले तरकारीका बेर्ना बेच्न हिडेका साइकलयात्री र पैदलयात्रुलाई ठक्कर दिएको थियो ।

मिनीट्रकले एकै ठाउँमा लस्करै चार जनालाई ठक्कर दिएको जनाइएको छ । इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डिएसपी रमेशराज अवस्थीले ट्रकको ठक्करबाट साइकलयात्री बर्दगोरिया गाउँपालिका –६ का ५५ वर्षीय शंकर डंगौराको मृत्यु भएको बताउनुभयो ।

डिएसपी अवस्थीले घाइते हुनेमा पैदलयात्री घोडाघोडी नगरपालिका –२, साँडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका –६ कोटातुल्सिपुरका ४५ वर्षीय हर्कबहादुर डंगौरा र सोही ठेगानाकै २५ वर्षीय कृष्ण चौधरी रहेको जानकारी दिनुभयो । घाइतेहरुको घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको छ ।

ट्रक र चालक रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा ४ बस्ने २३ बर्षीय सन्तोष घर्तीमगर प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । स्थानीयले उचित क्षतीपूर्तिको माग गर्दै केहीबेर सडकजाम गरेका थिए ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.