Alag Dhar

योजनामा अनुशासन र पारदर्शिता अनिवार्य गर्न मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशन

मकवानपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास योजनामा अनुशासन, पारदर्शिता र प्राथमिकताको स्पष्टता अनिवार्य गर्न निर्देशन दिनुभएको छ ।

शनिबार बैतडीमा आयोजना गरिएको पालिका प्रमुख, संघ–प्रदेश–स्थानीय तहका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले बजेट विनियोजनदेखि कार्यान्वयनसम्मको प्रक्रिया पारदर्शी बनाउन आह्वान गर्नुभएको छ ।

पछिल्लो समय आवश्यकता नपरेका ठाँउ र स्थानमा बजेट छुट्याइएको र सम्पन्न योजनामा पुनः खर्च देखाइएको गुनासो बढ्दै गएको मुख्यमन्त्री शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वास्तविक आवश्यकता नबुझेको योजना कार्यान्वयनमा जाने छैन त्यसका लागि हरेक निकायले कार्यतालिका बनाएर मात्र अघि बढ्नुपर्छ ।’’

उहाँले उपभोक्ता समिति मार्फत कार्य सम्पन्न गर्ने परिपाटी अन्त्य गर्नुपर्ने धारणा राख्दै, ठेक्का प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारले छिट्टै उपभोक्ता समितिका कामका लागि मापदण्ड र कानुनी ढाँचा तय गर्ने तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री शाहले बैतडीका चारै सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको शान्ति–सुरक्षाको अवस्थाबारे प्रत्यक्ष जानकारी समेत लिनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सो बैठकमा उहाँले सुरक्षा संयन्त्रबिच समन्वय र सतर्कता बढाउन आग्रह गर्नुभएको थियो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.