Alag Dhar

रौतहटको चार नगरपालिकामा आज शोक बिदा

मकवानपुर । रौतहटको चार वटा नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनमा आज रौतहटको राजपुर नगरपालिका, परोहा नगरपालिका, इशनाथ नगरपालिका र बौधीमाइ नगरपालिकामा शोक बिदा दिइएको हो ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शनिबार बिहान २ः५८ मा निधन भएको थियो ।

राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सूचना जारी गर्दै राजपुर नगरपालिकाका नगर प्रमुख मोहम्मद डा. राजिक आलमको बुवाको निधनमा आइतबार एक दिनका लागि नगरपालिका तथा मातहतका कार्यालयमा शोक बिदा दिइएको जानकारी गराउनुभएको छ ।

त्यस्तै परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले सूचना जारी गर्दै रौतहट क्षेत्र नं. २ का पूर्व सांसद एवम् पूर्व मन्त्री आलमको निधनमा गहिरो दुःख व्यक्त गर्दै आइतबार एक दिन अस्पतालको आकस्मिक सेवा बाहेक सबै कार्यालय तथा शैक्षिक संस्था बन्द रहने बताउनुभएको छ ।

इशनाथ नगरपालिकाले समेत रौतहट क्षेत्र नं. २ का पूर्व सांसद एवम् पूर्व मन्त्री तथा राजपुर नगरपालिकाका नगर प्रमुख मोहम्मद डा. राजिक आलमको बुवा मोहम्मद अफताव आलमको निधन प्रति दुःख व्यक्त गर्दै आइतबार इशनाथ नगरपालिका कार्यालय तथा मातहतका कार्यालयमा बिदा दिइएको नगरपालिकाका अधिकृत सातौँ इसराजुल खाँद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै बौधीमाइ नगरपालिकामा समेत नगरपालिका कार्यालय तथा मातहतका कार्यालयमा शोक बिदा दिएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री आफताव आलमको निधन प्रति दुःख व्यक्त गर्दै एक दिन बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री आलमको निधनमा नेपाल निजामति कर्मचारी युनियन (संघ)ले समेत दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.