Alag Dhar

आकस्मिक सेवा बाहेक सबै सेवा बन्द

मकवानपुर । राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंंह अस्पतालमा तोडफोड, आगजनी र अस्पतालका चिकित्सक माथि हातपात भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ ।

अस्पतालको एनआइसीयु वार्डमा आईतवार उपचार भइरहेको नवजात शिशु माथि बिद्धुत सर्टभई बलिरहेको चिम खस्दा शिशु गम्भीर घाइते भएपछि आक्रोसित आफन्तले अस्पताल तोडफोड र आगजनी गरि अस्पतालका निमित्त मेसु दिलिप साहमाथि हातपात गरेको बिरोधमा अस्पतालले आइतबार राति एक सुचना जारी गरि सुरक्षाको प्रत्याभूति र दोषीलाई कार्वाही नगरेसम्म आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियोे ।

अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द भएपछि अस्पतालका उपचारर्थ बिरामीले सास्ती भोग्नुपरेको छ । आइतबार साँझ एनआइसीयुमा चिम (बल्ब) झरेर आईतवारै जन्मभई बेलुकी अस्पतालमा भर्ना रहेका रूपनी गाउँपालिकाका हर्दियाका राम यादवका छोरा गम्भीर घाइते भएका थिए ।

चीम खसेर घाइते भएको शिशुलाई उपचारका लागि बिराटनगर लगिएको शिशुका बाबू राम यादवले बताउनुभयो । उहाँले भन्नुभयो, शिशुको एनआइसियुमा उपचार भईरहदा बेड जलेर शिशुलाई पोलुन्जेल उपचारमा संलग्न नर्स के गर्दै थियोे रु

केही घण्टा अगाडि जन्मिएको त्यसरी त्यति घाइते कसरी भयो रु उपचारमा संलग्न नर्सले तत्कालै ध्यान दिएको भए शिशु यति घाइते हुने थिएन ।

यता पीडित परिवारले शिशुको उपचारका सम्पूर्ण खर्च अस्पतालले ब्यहोर्नुपर्ने, घटनाका सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने माँग गर्दै आएका छन् ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.