२०८२ कार्तिक २४, सोमबार ११:५०
२०८२ कार्तिक २४, सोमबार ११:५०
मकवानपुर । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका –४ बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुहरु घाइते भएका छन् । गाईघाटबाट लहानतर्फ जाँदैगरेको ना १ ज ८३९१ नम्वरको विङ्गर आफै अनियन्त्रित भई सडक छेउमा रहेको सिमेन्टको पर्खालमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटना पश्चात घाइतेहरुलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र बिरामीहरुको अवस्थाअनुसार कसैलाई थप उपचारका लागि सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ । कतिपयलाई सामान्य उपचार पश्चात घर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक केदारमान दोङले बताउनुभयो । प्रनाउ दोङका अनुसार चालक जिल्ला सप्तरी हनुमाननगर घर भई हाल त्रियुगा नगरपालिका…