Alag Dhar

विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना घाइते

मकवानपुर । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका –४ बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुहरु घाइते भएका छन् ।

गाईघाटबाट लहानतर्फ जाँदैगरेको ना १ ज ८३९१ नम्वरको विङ्गर आफै अनियन्त्रित भई सडक छेउमा रहेको सिमेन्टको पर्खालमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटना पश्चात घाइतेहरुलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र बिरामीहरुको अवस्थाअनुसार कसैलाई थप उपचारका लागि सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ ।

कतिपयलाई सामान्य उपचार पश्चात घर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक केदारमान दोङले बताउनुभयो । प्रनाउ दोङका अनुसार चालक जिल्ला सप्तरी हनुमाननगर घर भई हाल त्रियुगा नगरपालिका –३ मोतिगडामा अस्थाई रुपमा बस्दैआएका बर्ष २६ को उपेन्द्र साह समेत घाइते भई जिल्ला अस्पतालमा उपचाररत रहेको र अन्य घाइतेहरुको पनि उपचार भइ रहेको छ ।

त्रियुगा नगरपालिका –११ संगमटोल बस्ने बर्ष ६० की रामकुमारी राई, त्रियुगा नपा १२ बस्ने बर्ष ४४ को ज्ञानेन्द्र विक, वडा ७ चुहाडे बस्ने बर्ष २२ को केवल ठकुरी, वडा २ खैजनपुर बस्ने बर्ष ७७ को कमलबहादुर खड्का, बर्ष ५७ को नरबहादुर खत्रीको विराटनगस्थित विभिन्न अस्पतालमा थप उपचारका लागि पठाइएको छ ।

घाइतेहरुमध्ये त्रियुगा नपा वडा ११ संगमटोल बस्ने बर्ष ७४ को पूर्णबहादुर राई, वडा नं. १२ बस्ने बर्ष १७ का प्रजिता विक, जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका वडा २ बस्ने बर्ष ४५ को तीर्थ घिमिरे, जिल्ला सप्तरी सुरुङ्गा नपा वडा –१ बस्ने बर्ष २७ की चन्द्रमाया चौधरी र निजकै छोरी बर्ष ४ की एरिना चौधरी तथा जिल्ला काठमाडौं गोकर्णेश्वर नपा –२ बस्ने बर्ष ४४ को शम्भुराज पोखरेल उपचार पश्चात डिस्चार्ज हुनुभएको छ ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.