Alag Dhar

दाङमा खाद्यले धमाधम धान खरिद गर्न सुरु

मकवानपुर । दाङको देउखुरीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग धान खरिद गर्न सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले सम्झौता अनुसार गढवा गाउँपालिका–५ गढवाबाट किसानसँग धान खरिद गर्न सुरु गरेको हो ।

धान खरिदका लागि किसानको अभिलेखिकरणसँगै खरिद गर्न सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार खाद्यले सोमबार धान खरिद गर्न सुरु गरेपछि धान बिक्रीका लागि बिहानैदेखि किसान लाइनमा बसेका छन् । खाद्यले गढवामा दुई हजार क्वीन्टल धान खरिद गर्ने भएको सूचना अधिकारी डाँगीले बताउनुभयो ।

सूचना अधिकारी डाँगीका अनुसार खाद्यले यो वर्ष दाङमा पाँच हजार क्वीन्टल धान खरिद गर्ने भएको छ । उहाँका अनुसार खाद्यले यस वर्ष धान खरिदका लागि गढवासँगै लमही नगरपालिका र राप्ती गाउँपालिका किसानका किसानको धान खरिद गर्ने भएको छ ।

तत्कालका लागि दाङमा पाँच हजार क्वीन्टल धान खरिद गर्ने केन्द्रबाट परिपत्र भएको भन्दै सूचना अधिकारी डाँगीले धान धेरै आएमा कोटा बढ्नसक्ने बताउनुभयो । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि धानको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल मूल्य तीन हजार चार सय ६३ रुपियाँ ८१ पैसा र मध्यम धानको मूल्य तीन हजार छ सय २८ रुपियाँ ३३ पैसा निर्धारण गरेको छ ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.