Alag Dhar

आज विश्व निमोनियाविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

मकवानपुर । आज विश्व निमोनियाविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ ।

निमोनियाबारे चेतना फैलाउने कार्यक्रम र गतिविधिका साथै बालबालिकाको मृत्युदर घटाउने तथा निमोनिया रोकथाम एवम् सशक्त स्वास्थ्य प्रणालीमा जोड दिएर दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसको अवसरमा नेपाल सरकारले रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ ।

‘बालबालिका बचाऔँ, सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवम् स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

निमोनिया बालबालिकाको ज्यान जाने प्रमुख कारणमध्ये एक हो । निमोनिया विशेषगरी फोक्सोसँग सम्बन्धित समस्या हो । डाक्टरका अनुसार भर्खर जन्मिएकादेखि दुई वर्षसम्मका शिशु, ६५ वर्ष वा त्योभन्दा बढी उमेर समूहका मानिस, कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्तिलगायतलाई यसको जोखिम उच्च हुन्छ ।

सरकारले निमोनिया नियन्त्रण तथा रोकथामका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम नागरिकलाई रोगको जोखिम र रोकथामबारे सचेत गराउनुपर्नेमा जोड दिएको छ ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.