२०८२ कार्तिक २६, बुधबार ११:४७
२०८२ कार्तिक २६, बुधबार ११:४७
मकवानपुर । इस्लामी सङ्घ नेपालले देशव्यापी रुपमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न जागरण अभियान सञ्चालन गरेको छ । सोही क्रममा सङ्घले बाँकेमा पनि उक्त ६ दिने अभियान सञ्चालन गरेर मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगमा जोड दिँदै दुरुपयोगबाट जोगिन विद्यार्थी र युवालाई विशेष अनुरोध गरेको छ। सो अभियान बारे जानकारी दिँदै इस्लामी सङ्घ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष उवेदुर रहमान खानले मोबाइल र सामाजिक सञ्जालको अत्यधिक, अनाबश्यक, अनियन्त्रित र अनुचित प्रयोगले समाजलाई एक्लोपन र नैतिक पतनको खाडलतर्फ धकेलिरहेकोेले यो अभियान चलाउनुपरेको बताउनुभयो । उहाँले विशेषगरी विद्यार्थी र युवाहरुमा त्यसको निकै लत देखिएकोले सो रोक्न अभियाननै चलाउनुपर्ने…