Alag Dhar

सामाजिक सञ्जालको सदुपयोग अभियान सञ्चालन

मकवानपुर । इस्लामी सङ्घ नेपालले देशव्यापी रुपमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न जागरण अभियान सञ्चालन गरेको छ ।

सोही क्रममा सङ्घले बाँकेमा पनि उक्त ६ दिने अभियान सञ्चालन गरेर मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगमा जोड दिँदै दुरुपयोगबाट जोगिन विद्यार्थी र युवालाई विशेष अनुरोध गरेको छ। सो अभियान बारे जानकारी दिँदै इस्लामी सङ्घ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष उवेदुर रहमान खानले मोबाइल र सामाजिक सञ्जालको अत्यधिक, अनाबश्यक, अनियन्त्रित र अनुचित प्रयोगले समाजलाई एक्लोपन र नैतिक पतनको खाडलतर्फ धकेलिरहेकोेले यो अभियान चलाउनुपरेको बताउनुभयो ।

उहाँले विशेषगरी विद्यार्थी र युवाहरुमा त्यसको निकै लत देखिएकोले सो रोक्न अभियाननै चलाउनुपर्ने आवश्यकता महसुस गरेर जागरण अभियान थालिएको बताउनुभयो ।

अभियानका लागि बाँके र बर्दियामा आयोजना गरिने कार्यक्रमहरुको कार्यतालिका पनि सार्वजनिक गरिएको छ । सङ्घका लुम्बिनी प्रदेश सचिव बद्रे आलम खानले विद्यालय र मदरसालाई केन्द्रित गरी अभियान चलाइएको बताउनुभयो ।

उहाँले अहिलेको युग वैज्ञानिक प्रगति र डिजिटल क्रान्तिको युग भएको तथा मोबाइल फोन र सामाजिक सञ्जाल निःसन्देह ठूलो वरदान भए पनि यसको सही प्रयोग आवश्यक रहेको कुरामा जोड दिनुभयो।

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले पत्रकार महासंघले कहिले पनि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कुराको समर्थन नगरेको जनाउँदै तर सामाजिक सञ्जालको दुरुपयोग हुन नदिन पनि सचेत र सतर्क रहनुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।

सङ्घले यसअघि पनि धेरै सामाजिक विकृतिविरुद्ध अभियान चलाएर विशेषगरी युवा पुस्तालाई सही मार्गमा डोर्‍याउने कार्य गरेको सो अवसरमा जानकारी गराइएको थियो।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.