Alag Dhar

चर्को भाडा असुल्ने दुई दर्जन अटो व्यवसायीमाथि कारबाही

मकवानपुर । कञ्चनपुरमा यात्रुहरूबाट चारगुणाभन्दा बढि भाडा असुल गर्दै आएका झण्डै दुई दर्जन अटो व्यवसायी कारबाहीमा परेका छन् । जिल्लाको पश्चिमी सीमा नाका गड्डाचौकी क्षेत्रमा भारतबाट मजदुरी गरेर स्वदेश फर्किने यात्रुहरुबाट चार गुणाभन्दा बढि भाडा असुल गर्दै आएका ११ अटो व्यवसायी एकै दिन कारबाहीमा परेका हुन् ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट गड्डाचौँकी र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले मङ्गलबार बिहानैदेखि गड्डाचौकी क्षेत्रमा चर्को भाडा असुल्ने अटो व्यवसायीहरूको पिछा गर्न सुरु ग¥यो । अटो व्यवसायीहरूले सामान्य भाडा असुल्दै आएको बताएपछि प्रहरीको टोलीले उनीहरूको पिछा गर्दै यात्रुहरूलाई नै सोधेर कति भाडा तिरेको भन्ने जानकारी पाएको अस्थायी ट्राफिक प्रहरी पोस्ट गड्डाचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले बताउनुभयो ।

जसअनुरूप झण्डै ५० भन्दा बढि यात्रुहरूलाई भाडाको विषयमा सोधपुछ गरिएको उहाँले बताउनुभयो । गड्डाचौकी क्षेत्रबाट महेन्द्रनगर पुगाएबापत अटोव्यवसायीहरुले एक यात्रुबाट ५० रुपियाँ भाडा लिन पाउँछन् । तर अटो व्यवसायीहरूले भने एकै यात्रुबाट तीन सयदेखि पाँच सयसम्म भाडा असुल गर्ने गरेको पाइएको अस्थायी ट्राफिक प्रहरी पोस्ट गड्डाचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भट्टले बताउनुभयो ।

अझै यात्रुहरूलाई सोध्दै जाँदा गड्डाचौकीबाट कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियासम्म समेत यात्रुहरु बोक्ने गरेको पाइएको उहाँले बताउनुभयो । गड्डाचौकीबाट अत्तरियासम्म झण्डै ६० किलोमिटरको दूरीमा अटो व्यवसायीले यात्रुहरुबाट दुई हजार तीन सय रुपियाँसम्म असुल्ने गरेको समेत खुल्नमा आएको ट्राफिक प्रहरी सहायक निरीक्षक भट्ट बताउनुहुन्छ । मङ्गलबार तीन जना बोकेर अत्तरीया लग्दै गरेको अटोचालकबाट १५ सय रुपियाँ जरिवाना समेत गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

उसो त लामो दूरीमा अटो व्यवसायीहरूले यात्रुहरू नबोक्नु पर्ने हो । महेन्द्रनगरबाट आधा घण्टाको समयमा बस तथा हाइसहरु अत्तरिया जाने गरेका छन् । महेन्द्रनगरबाट अत्तरिया पुगाएबापत बस तथा हाइसले एक सय ५० रुपियाँसम्म भाडा लिने गरेका छन् । तर अटो व्यवसायीहरूले भने मनमर्जी तरिकारले यात्रुहरूबाट भाडा असुल्ने गरेको पाइएको ट्राफिक प्रहरी सहायक निरीक्षक भट्ट बताउनुहुन्छ ।

भट्ट कात्तिक १२ गतेदेखि गड्डाचौकी क्षेत्रमा नियमित रूपमा डिउटीमा खटिरहनु भएको छ । सो अवधिदेखि उहाँले यात्रुहरूका समस्या, मर्का बुझ्दै चर्को भाडा असुल्ने अटो व्यवसायीको पहिचान गर्न थाल्नुभयो । जस अनुरूप, मङ्गलबार एकै पटक दुई दर्जन अटो व्यवसायीलाई पहिलो पटकका लागि सामान्य जरिवाना गराएर तोकेको भाडा लिन आग्रह गरिएको बताउनुभयो ।

“भारत भएर स्वदेश फर्किने यात्रुहरूबाट यहाँका अटो व्यवसायीहरूले चर्को भाडा असुल्ने गर्दा रहेछन् उहाँले भन्नुभयो, तोकिएको भाडादार कायम गराउन आफूहरू निरन्तर खटिएका छौँ । ”

अटो व्यवसायीहरूले भने, यात्रुहरूको झोला, अन्य सामाग्री बोक्नुपर्दा बढि भाडा लिने गरेको बताएका छन् । तर तोकिएको भन्दा बढि भाडा नलिन आग्रह गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज वरिष्ठ सई सुरेन्द्र चन्दले बताउनुभयो । विभिन्न बहानामा बढि भाडा लिएको पाइए कडा कारबाही गरिने प्रहरीले बताएको छ ।

मुख्य समाचार

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.