Alag Dhar

मकवानपुरका प्रमुख अधिकारीहरूको सिआन पुनर्स्थापना केन्द्र र सिआन लाइफकेयर सेन्टरको संयुक्त अवलोकन तथा अन्तरक्रिया

2

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी श्री वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्री सुबास चन्द्र बोहोरा, तथा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का प्रमुख श्री हेमन्त चौधरीले हेटौंडा उपमहानगरपालिका–९ मा अवस्थित सिआन पुनर्स्थापना केन्द्र र सिआन लाइफकेयर सेन्टर ( मकवानपुर जिल्ला को पहिलो महिला सुधार गृह ) अबलोकन, अन्तरक्रिया तथा अनुगमन गर्नुभएको छ।

कार्यक्रमको सञ्चालन केन्द्रका कर्मचारी मनिश मान श्रेष्ठले गर्नुभएको थियो। उहाँले सिआन पुनर्स्थापना केन्द्रको स्थापना कालदेखि हालसम्मका गतिविधि, उपलब्धि, पुनर्स्थापना सेवामा अपनाइएका वैज्ञानिक अभ्यासहरू र केन्द्रको दीर्घकालीन उद्देश्यबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री अधिकारीले सिआन पुनर्स्थापना केन्द्रले मकवानपुर जिल्लामा लागुऔषध दुरुपयोग नियन्त्रण र उपचार पुनर्स्थापना क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै भन्नुभयो — “सिआन पुनर्स्थापना केन्द्रले व्यवस्थित ढङ्गले सञ्चालन गर्दै जिल्लामा उदाहरणीय भूमिका निर्वाह गरेको छ। राज्यका निकाय र पुनर्स्थापना संस्थाबीचको सहकार्य अझ सुदृढ बन्नुपर्छ।”

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्री बोहोराले भन्नुभयो — “लागुऔषध समस्या समाधानका लागि प्रहरी प्रशासन र पुनर्स्थापना केन्द्रबीच सहकार्य अनिवार्य छ। आगामी दिनहरूमा अझ सशक्त सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्दछौँ।”

कार्यक्रममा सिआन पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक शौजन क्षेत्री (डी.सी.) ले हाल केन्द्रले सेवा सञ्चालनका क्रममा भोगिरहेका चुनौतीहरूबारे सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै भन्नुभयो — “सहयोग र सहकार्यका माध्यमबाट मात्रै पुनर्स्थापना क्षेत्र अझ सुदृढ र प्रभावकारी बन्न सक्छ। हामी सधैँ सरकारी निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौँ।”

कार्यक्रममा जिल्ला प्रशासन, प्रहरी, CIB, स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

मुख्य समाचार

आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

काठमाण्डौं । आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाईंदैछ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिला अधिक...
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्व...
अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाण्डौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोड मध्य पहाडी राजमार्गमा गएराति भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ...
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.