Alag Dhar

महोत्तरीमा १० केजी गाँजासहित दुई जनालाई पक्राउ

मकवानपुर । महोत्तरीको औरहीबाट लागूऔषध गाजासहित दुईजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार औरही नगरपालिका–१ स्थित औरही चोकमा प्रहरीले चेकजाँचका क्रममा ठुलो परिमाणको लागुऔषध गाजासहित दुईजनालाई पक्राउ गरिएको हो ।

बिहीबार साँझ प्रहरीले उत्तरबाट दक्षिणतर्फ आइरहेको बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १० केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत, बिहार–वैशालीका २७ वर्षीय गोबिन्द राम र पछाडि सवार २१ वर्षीय एकवाल मोहम्मद रहेका छन् । उनिहरूले बोकेको कालो झोलाभित्र प्लास्टिक र डोरीले कसेर लुकाइ राखिएको अवस्थामा दुई पोका गाँजा भेटिएपछि प्रहरीले तत्काल दुवैलाई नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको गाँजा र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखिएको छ । प्रहरीले उक्त कारबाहीलाई क्षेत्रीय सुरक्षा र लागूऔषध नियन्त्रण अभियानको निरन्तरता भएको जनाएको छ ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.