Alag Dhar

Day: २०८२ कार्तिक २८, शुक्रबार ११:४१

निर्वाचन आयोगले नामावली संकलनका लागि थप समय दिने तयारी

निर्वाचन आयोगले नामावली संकलनका लागि थप समय दिने तयारी

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको पनि सचिवालयको भनाइ छ । सोहीअनुसार म्याद थपको तयारी भइरहेको बताइएको छ । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि…
Read More
नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी एमालेमा समाहित

नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी एमालेमा समाहित

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी नेकपा (एमाले)मा समाहित हुने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकका बहुमत सदस्यले पार्टीलाई औपचारिक रूपमा नेकपा (एमाले) मा समाहित गर्ने निर्णय गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पार्टीभित्र चलिरहेको लामो समयको छलफल, वाम पुनर्गठनका प्रयास र देशभर देखिएको राजनीतिक परिवर्तनका बीच जिल्ला कमिटी एकमतले समाहित गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष अर्जुन राईले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) धनकुटा इन्चार्ज राजेन्द्र राईले नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटिले सहि निर्णय गरेको बनाउनुभयो । पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी…
Read More
पिस प्वान्टले जित्यो इन्टर स्कुल फुटसलको उपाधि

पिस प्वान्टले जित्यो इन्टर स्कुल फुटसलको उपाधि

मकवानपुर । दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ । दि गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले फाइनलमा एलआरआईलाई हराएर उपाधि जितेको हो । सीतापाइलास्थित गुरुकुलम स्कुलकै प्रांङ्गणमा सम्पन्न प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २–० गोलले हरायो । त्यसअघि सेमिफाइनलमा पिस प्वाइन्टले न्य जेनिथ र एलआरआईले ब्लुबर्ड स्कुलाई पराजित गर्दै फाइनल पुगेको थियो । ब्लुबर्ड स्कुलका सुजन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर बन्दा पिस प्वाइन्टकै आयुश लिम्बु सर्वाधिक गोलकर्ता बन्नुभयो । मनास्लु स्कुलले फेयर प्लेको अवार्ड पयो । दुई दिने प्रतियोगितामा उपत्यकाका…
Read More
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा प्रमाणपत्र तथा अन्य शिक्षासम्बन्धी कागजातहरूको शुल्क बढायो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा प्रमाणपत्र तथा अन्य शिक्षासम्बन्धी कागजातहरूको शुल्क बढायो

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा प्रमाणपत्र तथा अन्य शिक्षासम्बन्धी कागजातहरूको शुल्क वृद्धि गरेको छ। भदौ २९ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार नयाँ शुल्क दर लागू गरिएको हो। बोर्डका अनुसार ट्रान्सक्रिप्ट, माइग्रेशन, प्रोभिजनल, डुप्लिकेट ट्रान्सक्रिप्ट, डुप्लिकेट माइग्रेशन, डुप्लिकेट प्रोभिजनल तथा डुप्लिकेट अंकपत्र सबैको शुल्क अब रू. ४०० रहने छ। यसअघि विद्यार्थीहरूले तिर्दै आएको शुल्कमा सुधार गर्दै सबै कागजातको शुल्क समान बनाइएको बोर्डको भनाइ छ। यसबाहेक, तत्काल (TMP) सेवाबाट प्रमाणपत्र लिन चाहने विद्यार्थीले रू. १,५०० तिर्नुपर्ने व्यवस्था यथावत राखिएको छ। १० दिनभित्र सेवाग्राहीले कागजात पाउने व्यवस्था पनि निरन्तर रहने बोर्डले जनाएको छ। विद्यार्थीहरूलाई आवश्यक पर्ने कागजातहरू सहज रूपमा…
Read More
सन्तोष परियारद्वारा रास्वपा परित्याग

सन्तोष परियारद्वारा रास्वपा परित्याग

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ। विघटित प्रतिनिधिसभाको रास्वपाकातर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमासमेत रहनुभएका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाउनुभएको हो । “बदलिंदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु”, उहाँले राजीनामा पत्रमा भन्नुभएको छ । रास्वपाका प्रवक्ता मनिष झाले परियारले परियारले पार्टी छोडनु भएको जानकारी दिँदै उहाँको आगामी यात्राका…
Read More
मर्यादित महिनावारी सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ

मर्यादित महिनावारी सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ

मकवानपुर । राष्ट्रियसभाबाट पारित ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन ढिलाइ भएको छ । सो प्रस्तावका अवस्थाबारे आयोजित छलफलमा सहभागी राष्ट्रियसभाका सभापति, सङ्कल्प प्रस्तावका प्रस्तावकलगायतले कार्यान्वयनमा ढिलाइ भए पनि पहल भइरहेको बताएका छन् । बिहीबार नेपाल एफएम नेटवर्कले आयोजना गरेको कार्यक्रममा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले उक्त सङ्कल्प प्रस्तावको कार्यान्वयन विषयमा पटकपटक छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाले निर्देशन दिने हो, कार्यान्वयन गर्ने पाटो सरकारको हो । महिला मन्त्रालयसँग छलफल गर्दा कार्यविधि बनाएर अघि जाने कुरा भएको छ । हामीले यसलाई प्राथमिकतामा राखेका छौँ ।” सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जन शेर्पाले…
Read More
हात्तिसुडेमा मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु

हात्तिसुडेमा मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु

मकवानपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली सडकखण्डको हात्तिसुडेमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेर ५० मिनेटको समयमा हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले पैदलयात्री ७१ वर्षीय खडक बहादुर घलानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अनुहार र टाउकोमा चोट लागेका घलानको उपचारको क्रममा राती ७ बजेर ४५ मिनेटको समयमा हेटौँडास्थित चुरेहिल हस्पिटलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मोटरसाइकल चालक बकैया गाउँपालिका–७ का २५ वर्षीय देवराज विकलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक देवराज र मोटरसाइकलमा सवार २० वर्षीय देवराज धानुकी सामान्य घाइते भएका…
Read More
भारतको पुणेमा दुर्घटना : आठको मृत्यु

भारतको पुणेमा दुर्घटना : आठको मृत्यु

मकवानपुर । भारतको पुणे सहरको बाहिरी इलाकास्थित नवले पुल नजिकै सडक दुर्घटना भएको छ । ब्रेक फेल भएको एक ट्रकले १३ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरे अनुसार, प्रहरी नायब उपरिक्षक कदमका अनुसार साँझ ५ः४५ फलाम बोकेको ट्रक मुम्बईतर्फ गइरहेको थियो । "भूमकर पुल नजिकै "सेल्फी पोइन्टु पुग्ने बित्तिकै ट्रक चालकले नियन्त्रण गुमाए र ट्रक धेरै सवारी साधनहरूसँग ठोक्कियो", कदमले भन्नुभयो,“दुर्घटनामा दुई ट्रक, कार, एउटा मिनीबस र दुई पाङ्ग्रे सवारी साधनसहित जम्मा १३ वटा सवारी साधन क्षतिग्रस्त…
Read More
८ हजार क्याप्सुल ट्रामाडोलसहित मकवानपुरका ५ जना पक्राउ

८ हजार क्याप्सुल ट्रामाडोलसहित मकवानपुरका ५ जना पक्राउ

मकवानपुर । प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सानो पोखराबाट ठुलो परिमाणमा लागुऔषध (ट्रामाडोल) बरामद गरेको छ । बिहीबार ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको मकवानपुरका एसपी सुवास बोहराले बताए । लागुऔषध कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ घर भएका १९ वर्षीय अशोक स्याङतान, हेटौँडा–१७ बस्ने २० वर्षीय प्रवेश बरैली, हेटौँडा–४ बस्ने २० वर्षीय निशान कोइराला र मकवानपुरगढी गाउँपालिका–२ बस्ने २३ वर्षीय दीपेश सञ्जेल छन् । लागुऔषध ओसारपसारमा संलग्न बक्सर भनेर चिनिने रवि लामा यसअघि बलात्कार मुद्दामा ६ वर्ष जेल बसेर छुटेका व्यक्ति…
Read More
सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड

सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड

मकवानपुर । सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई उपयोग गरी हरेक किसिमका अनियमितता रोक्नेतर्फ नै पत्रकारले आफूलाई क्रियाशील राख्नुपर्नेमा जोड दिइएको छ । बाग्मती गाउँपालिका– २ सँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक प्रवर्द्धनमा पत्रकार महासङ्घको भूमिका कार्यक्रम’मा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हकको प्रयोगमा पत्रकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उहाँको जोड थियो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले सुशासन कायम गर्न सूचनाको हकको उपयोग हुनु प्रशंसनीय छ भन्दै सही सूचनाले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । बाग्मती गाउँपालिका–२ का…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.