Alag Dhar

भारतको पुणेमा दुर्घटना : आठको मृत्यु

मकवानपुर । भारतको पुणे सहरको बाहिरी इलाकास्थित नवले पुल नजिकै सडक दुर्घटना भएको छ । ब्रेक फेल भएको एक ट्रकले १३ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरे अनुसार, प्रहरी नायब उपरिक्षक कदमका अनुसार साँझ ५ः४५ फलाम बोकेको ट्रक मुम्बईतर्फ गइरहेको थियो । “भूमकर पुल नजिकै “सेल्फी पोइन्टु पुग्ने बित्तिकै ट्रक चालकले नियन्त्रण गुमाए र ट्रक धेरै सवारी साधनहरूसँग ठोक्कियो”, कदमले भन्नुभयो,“दुर्घटनामा दुई ट्रक, कार, एउटा मिनीबस र दुई पाङ्ग्रे सवारी साधनसहित जम्मा १३ वटा सवारी साधन क्षतिग्रस्त भएका छन्।”

यसैगरी, मृत्यु हुनेहरूमा ट्रक चालकसहित आठ जना रहेको पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । यस्तै, प्रहरीका अनुसार यो दुर्घटना पुणे नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको थियो। दुर्घटनामा घाइते भएकालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

मुख्य समाचार

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयक...
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

काठमाण्डाै ।  नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही ...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.