Alag Dhar

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा प्रमाणपत्र तथा अन्य शिक्षासम्बन्धी कागजातहरूको शुल्क बढायो

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा प्रमाणपत्र तथा अन्य शिक्षासम्बन्धी कागजातहरूको शुल्क वृद्धि गरेको छ।

भदौ २९ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार नयाँ शुल्क दर लागू गरिएको हो। बोर्डका अनुसार ट्रान्सक्रिप्ट, माइग्रेशन, प्रोभिजनल, डुप्लिकेट ट्रान्सक्रिप्ट, डुप्लिकेट माइग्रेशन, डुप्लिकेट प्रोभिजनल तथा डुप्लिकेट अंकपत्र सबैको शुल्क अब रू. ४०० रहने छ।

यसअघि विद्यार्थीहरूले तिर्दै आएको शुल्कमा सुधार गर्दै सबै कागजातको शुल्क समान बनाइएको बोर्डको भनाइ छ। यसबाहेक, तत्काल (TMP) सेवाबाट प्रमाणपत्र लिन चाहने विद्यार्थीले रू. १,५०० तिर्नुपर्ने व्यवस्था यथावत राखिएको छ।

१० दिनभित्र सेवाग्राहीले कागजात पाउने व्यवस्था पनि निरन्तर रहने बोर्डले जनाएको छ। विद्यार्थीहरूलाई आवश्यक पर्ने कागजातहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शुल्क संरचना समायोजन गरिएको बोर्डले स्पष्ट पारेको छ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.