Alag Dhar

राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

मकवानपुर । अबदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने भएका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोगमा आयोजित एक कार्यक्रममा यसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा आयोगले यस्तो व्यवस्था गरेको हो । शुभारम्भ कार्यक्रममा जेनजी अभियानका अभियन्ताको पनि उपस्थिति थियो ।

यस कार्यको शुभारम्भसँगै जिल्ला निर्वाचन कार्यालयमा लाम लागेर मतदाता नामावलीमा नाम लेखाउनुपर्ने झन्झटबाट मतदाताले मुक्ति पाएका छन् । निर्वाचन कार्यालयमा नाम लेखाउनेको भिड बढ्न थालेपछि सरकारले विकल्पका रूपमा परिचयपत्र बनाउँदा दर्ता गरिएको ‘बायोमेट्रिक’ प्रयोग गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परिचयपत्रमा दर्ता भइसकेका व्यक्तिले निर्वाचन आयोगको पोर्टलमा गएर आफ्नो नाम दर्ता गर्न सक्ने छन् । यसरी दर्ता गर्दा परिचयपत्र बनाउन प्रयोग गरिएको बायोमेट्रिक नै मतदाता नामावली छपाइमा पनि प्रयोग हुन्छ । यस कार्यको शुभारम्भसँगै नेपालमा राष्ट्रिय परिचयपत्र बनाएर विदेश गएका नागरिकले पनि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाउने भएका छन् । यसका लागि सम्बन्धित व्यक्तिले वेबसाइटमा आफ्नो परिचयपत्र नम्बर र मोबाइल नम्बर प्रविष्ट गर्नु पर्छ ।

यदि विदेशबाट नामावलीमा नाम दर्ता गराउने हो भने मोबाइल नम्बरको सट्टा इमेल ठेगाना प्रविष्ट गर्नु पर्छ । यति गरेपछि परिचयपत्रमा उल्लेख भएको विवरण देखिन्छ । त्यसपछि आफूले मतदान गर्ने प्रदेश, जिल्ला, स्थानीय तहलगायतको विवरण भर्नु पर्छ तर परिचयपत्र नम्बर नभएका व्यक्तिले भने स्वदेश तथा विदेश कतैबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने छैनन् ।

घाइतेलाई अस्पतालमै मतदाता परिचयपत्र

यसैबिच जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई अस्पतालमै मतदाता परिचयपत्र उपलब्ध गराइएको छ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रका लागि लिइएको बायोमेट्रिक्सको तथ्याङ्कलाई आधार बनाएर मतदाता परिचयपत्र बनाउने सक्ने कार्यको शुभारम्भ गरेसँगै सोही आधारमा बिहीबार अस्पतालका घाइतेलाई परिचपपत्र उपलब्ध गराइएको हो ।

जेनजी अभियन्ताले अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरको शøयामै ल्यापटप लगेर घाइतेको मतदाता परिचयपत्रको फाराम भराएका हुन् । घाइतेले ‘बायोमेट्रिक’ तथ्याङ्कका आधारमा मतदाता परिचयपत्र पाउने छन् ।

घाइतेलाई परिचयपत्रको फाराम भराउँदा अर्थमन्त्री रामेश्वर खनाल पनि उपस्थित हुनुहुन्थ्यो । मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि त्यसलाई सहज बनाउन आयोगले यो अभ्यास सुरु गरेको हो । बिहीबार निर्वाचन आयोगमा जेनजी युवासमेतको राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक विवरण प्रयोग गर्ने कार्यको शुभारम्भ गरेको थियो ।

आयोगद्वारा दलसँग छलफल

निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा र माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्यको निर्वाचनका सम्बन्धमा राजनीतिक दलसँग छलफल गरेको छ ।

आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका दल एवं राष्ट्रिय मान्यताप्राप्त अन्य दलका प्रतिनिधि सहभागी थिए ।

छलफलमा आयोगका सचिव माहादेव पन्थले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा दलसँग परामर्शपछि निर्वाचन कार्यक्रम ल्याइने बताउनुभयो ।आगामी फागुन २१ गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । १८ जना निर्वाचित र राष्ट्रपतिबाट मनोनीत एक गरी १९ जना सदस्यको पदावधि सकिन लागेको हो ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.