Alag Dhar

सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड

मकवानपुर । सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई उपयोग गरी हरेक किसिमका अनियमितता रोक्नेतर्फ नै पत्रकारले आफूलाई क्रियाशील राख्नुपर्नेमा जोड दिइएको छ ।

बाग्मती गाउँपालिका– २ सँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक प्रवर्द्धनमा पत्रकार महासङ्घको भूमिका कार्यक्रम’मा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हकको प्रयोगमा पत्रकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले सुशासन कायम गर्न सूचनाको हकको उपयोग हुनु प्रशंसनीय छ भन्दै सही सूचनाले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

बाग्मती गाउँपालिका–२ का अध्यक्ष रामबहादुर ब्लोनले जनचाहनाअनुरुप पत्रकार र स्थानीय जनप्रतिनिधिले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोका र ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी अहोरात्र खट्नुपर्छ भन्नुभयो ।

मुख्य समाचार

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाल...
आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विव...
मेचीनगरमा हात्ती र चितुवाको त्रास

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा । बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिक...
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.