Alag Dhar

महिला कबड्डी विश्वकपमा नेपालको सहभागिता

मकवानपुर । नेपालले सोमबारदेखि बङ्गलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप खेल्ने भएको छ ।

विश्वकपमा सहभागिता जनाउन नेपाली टोली बङ्गलादेश प्रस्थान गरिसकेको छ । नेपाली टोलीलाई शनिबार केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले ट्रयाकसुटलगायत खेल सामाग्रीसमेत प्रदान गरेको थियो ।

नोभेम्बर २५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक बङ्गलादेशसँगै साविक विजेता भारत र नेपाल, इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले प्रतिस्पर्धा गर्दै छन् । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १७ तारिख खेल्ने छ ।

नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल गर्ने घर फर्कने विश्वास व्यक्त गरेका छन् ।

मानमती विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडु उपकप्तान हुनुहुन्छ । अन्य खेलाडीमा गङ्गा घिमिरे, रविना चौधरी, मेनुका राजवंशी, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मीना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारू र उरुसा शाक्य रहनुभएको छ ।

टोलीको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रमेशचन्द्र ओझा हुनुहुन्छ ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.