Alag Dhar

Day: २०८२ कार्तिक ३०, आईतवार १०:५४

महिला कबड्डी विश्वकपमा नेपालको सहभागिता

महिला कबड्डी विश्वकपमा नेपालको सहभागिता

मकवानपुर । नेपालले सोमबारदेखि बङ्गलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप खेल्ने भएको छ । विश्वकपमा सहभागिता जनाउन नेपाली टोली बङ्गलादेश प्रस्थान गरिसकेको छ । नेपाली टोलीलाई शनिबार केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले ट्रयाकसुटलगायत खेल सामाग्रीसमेत प्रदान गरेको थियो । नोभेम्बर २५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक बङ्गलादेशसँगै साविक विजेता भारत र नेपाल, इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले प्रतिस्पर्धा गर्दै छन् । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १७ तारिख खेल्ने छ । नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल…
Read More
मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

मकवानपुर । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ। कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारी साधन आवतजावत गर्दा समस्या भएपछि मङ्सिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो । सवारी साधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन् । कुश्मा नगरपालिका–१, मालढुङ्गादेखि जलजला गाउँपालिका…
Read More
पूरै गाउँमा झाडापखाला : ९१ जना उपचारपछि घर फर्किए

पूरै गाउँमा झाडापखाला : ९१ जना उपचारपछि घर फर्किए

मकवानपुर । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरु भएको झाडापखालाका बिरामी घट्दै गएका छन् । अहिलेसम्म ९१ जना उपचारपछि घर फर्किएका छन् । चार जनाको भने होम आइसोलेसनमा उपचार भइराखेको छिन्ननमस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र यादवले जानकारी दिनुभयो । बिरामीको उपचारमा स्वास्थ्यकर्मीहरूको टोली बस्तीमा निरन्तर खटिएको छ । बिरामी हुन नदिनका लागि जनचेतनासँगै उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । हैजा फैलिएर स्थानीय बुधन सदाका ८ वर्षीया छोरी राघिनी, ४ वर्षीय छोरा सञ्जीव र ६५ वर्षीय बुबा लक्ष्मण सदाको मृत्यु भएको थियो । एकै गाउँका पाँच जनामा हैजा पुष्टि भएको थियो । बस्तीमा झाडापखाला हैजा…
Read More
तम्घासमा सुनचाँदी व्यवसायीलाई कर शिक्षा

तम्घासमा सुनचाँदी व्यवसायीलाई कर शिक्षा

मकवानपुर । गुल्मीको तम्घासमा सुनचाँदी व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ। कर शिक्षाबारे जानकारी नहुँदा सुनचाँदी व्यवसायीहरुलाई समस्या झेल्नुपर्ने परेको हुँदा करदाता सेवा कार्यालय गुल्मीको आयोजना तथा गुल्मी सुनचाँदी व्यवसायी संघको सह–आयोजनामा कर शिक्षा प्रदान गरिएको हो। यस जिल्लाका सुनचाँदी व्यवसायीहरुलाई करसम्बन्धी ज्ञान, कानुनी दायित्व र व्यवसाय सञ्चालनका आवश्यक औपचारिकता लगायतका विषयमा जानकारी गराइएको थियो। करदाता सेवा कार्यालयका प्रमुख कर अधिकृत विमल घर्तिले सुनचाँदी व्यवसायीहरुलाई वर्तमान विलासिता शुल्क, बिल–बिजक व्यवस्थापन, कर विवरण अद्यावधिक राख्ने प्रक्रिया तथा व्यवसायमा आवश्यक पर्ने कानुनी आधारहरुबारे विस्तृत जानकारी गराउनुभयो। कर छली वा त्रुटिपूर्ण लेखापालना व्यवसायको लागि जोखिमपूर्ण हुने भएकाले खरिद–बिक्री अभिलेख, खाता–पाता तथा बिल–बिजक व्यवस्थित…
Read More
करदाता सेवा कार्यालय अनयन्त्र सार्ने निर्णयको विरोधमा सप्तरीका उद्योगी व्यवसायीहरु धर्नामा

करदाता सेवा कार्यालय अनयन्त्र सार्ने निर्णयको विरोधमा सप्तरीका उद्योगी व्यवसायीहरु धर्नामा

मकवानपुर । राजविराजबाट करदाता सेवा कार्यालय अनयन्त्र सार्ने निर्णयको विरोधमा सप्तरीका उद्योगी व्यवसायीहरु धर्नामा बसेका छन् । कर कार्यालय अन्यत्र नसार्न माग गर्दै उद्योगी व्यापारीहरु आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्नामा बसेका हुन् । यसअघि करदाता सेवा कार्यालय नसार्न सरकारलाई आग्रह गर्दै राजविराजको गजेन्द्र चोकमा सङ्कलन गरिएको पाँच हजारभन्दा बढि हस्ताक्षर प्रधानमन्त्रीलाई सुशीला कार्कीलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत पठाइएको थियो । कात्तिक २२ गतेदेखि थालिएको आन्दोलन आन्दोलनअन्तर्गत ३० गते आइतबार बिहान १० देखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको उद्योग वाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेतीले बताउनुभयो । जिल्लामा ७० हजारभन्दा बढि करदाता रहेको अवस्थामा आन्तरिक…
Read More
मेक्सिको सिटीको विरोध प्रदर्शनमा झडपमा  १२० जना घाइते

मेक्सिको सिटीको विरोध प्रदर्शनमा झडपमा १२० जना घाइते

मकवानपुर । राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन राजधानीमा हिंसात्मक रूप लिँदा शनिबार कम्तिमा १२० जना घाइते भएको एएफपीले जनाएको छ । घाइते हुनेमा धेरैजसो प्रहरी अधिकारीहरू रहेका छन् । लागुऔषध हिंसा तथा सेनबामको सुरक्षा नीतिविरुद्धको प्रदर्शन ‘जेनेरेसन जेड’ का प्रतिनिधिहरूद्वारा सामाजिक सञ्जालमार्फत आह्वान गरिएको थियो । यद्यपि घटनास्थलमा विभिन्न उमेरका प्रदर्शनकारीहरूको उपस्थिति देखिएको थियो । सन् २०२४ अक्टोबरदेखि सत्तामा रहनुभएकी राष्ट्रपति सेनबामले आफ्नै कार्यकालको पहिलो वर्षमा ७० प्रतिशतभन्दा माथिको जनसमर्थन कायम राख्नुभएको छ । तथापि, हालैका धेरै चर्चित हत्याकाण्डपछि उहाँको सुरक्षा नीतिमाथि निरन्तर आलोचना हुँदै आएको छ । मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले पत्रकारहरूसँग कुरा गर्दै प्रदर्शन…
Read More
विद्युत प्रसारण लाइन विस्तारमा कोहलपुरका स्थानीयको अवरोध

विद्युत प्रसारण लाइन विस्तारमा कोहलपुरका स्थानीयको अवरोध

मकवानपुर । ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले लाइन विस्तारमा अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयहरूलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गरेको उनिहरुको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले पिप्रहवादेखि कोहलपुरस्थित सव–स्टेशनसम्म पोल गाड्ने काम गरिरहेको छ । काम भइरहेको समयमा कोहलपुरस्थित पिपिरी क्षेत्रमा स्थानीयले अवरोध गर्दा पोल विस्तारको काम रोकिएको छ । कोहलपुर–९ का स्थानीय इन्द्र गौतमले लाइन विस्तारगर्दा स्थानीय नागरिक र स्थानीय सरकारसँग समन्वय नगरिएको बताउनुभयो । उहाँले विकास गर्नु राम्रो काम भए पनि सम्बन्धित पक्षले समन्वयबिना नै काम गरेको जनाउँदै माग पूरा नभएसम्म काम…
Read More
प्रेमी अमिन शाहीले गरे  विमलाको हत्या

प्रेमी अमिन शाहीले गरे विमलाको हत्या

मकवानपुर । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाकी विमला शाहीको हत्या भएको खुलेको छ। यही कात्तिक २३ गते बिहान १ बजे सुतेको कोठामा मृत भेटिएकी २४ वर्षीया विमला शाहीको हत्या भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर सुनारले १९ वर्षीय प्रेमी अमिन शाहीले विमलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए। विदेश जाने कुरा जानकारी पाएपछि अमिनले विमला हत्या गरेको खुलेको हो। विमला हत्या आरोपमा पक्राउन परेका अमिने प्रहरीसँगको बयानमा विमला विदेश जाने जानकारीपछि रिसले कोठामा गएर सिरानीले मुख छोपेर हत्या गरेको स्वीकार गरेका हुन्। विमला बिवाहित हुन्। विमलाका श्रीमान विदेशमा बस्दै आएका छन्। विवाह गरेको दुई महिनामा…
Read More
आज दल दर्ता गर्ने अन्तिम दिन

आज दल दर्ता गर्ने अन्तिम दिन

मकवानपुर । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आइतबार सकिँदैछ। शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए। हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन्। श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका छन्। यस्तै १० वाम दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि दल दर्ताको प्रमाणपत्र लिइसकेको छ। यस्तै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ। यस्तै निर्वाचन घोषणापछि दुई राजनीतिक दलबाट विभाजित भएर दुई नयाँ दल थपिएका छन्। जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ । त्यस्तै, नेपाल जनमुक्ति पार्टीबाट विभाजन…
Read More
सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

मकवानपुर । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा छ हजार नौ सय रुपियाँले गिरावट आएको छ । आज एक तोला सुनको मोल दुई लाख ४२ हजार आठ सय रुपियाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार सात सयमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि रु. १५० ले घटेको छ । आज चाँदी प्रतितोला रु. तीन हजार १३५ मा कारोबार भइरहेको छ । गत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.