Alag Dhar

प्रेमी अमिन शाहीले गरे विमलाको हत्या

मकवानपुर । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाकी विमला शाहीको हत्या भएको खुलेको छ।

यही कात्तिक २३ गते बिहान १ बजे सुतेको कोठामा मृत भेटिएकी २४ वर्षीया विमला शाहीको हत्या भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर सुनारले १९ वर्षीय प्रेमी अमिन शाहीले विमलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए।

विदेश जाने कुरा जानकारी पाएपछि अमिनले विमला हत्या गरेको खुलेको हो। विमला हत्या आरोपमा पक्राउन परेका अमिने प्रहरीसँगको बयानमा विमला विदेश जाने जानकारीपछि रिसले कोठामा गएर सिरानीले मुख छोपेर हत्या गरेको स्वीकार गरेका हुन्।

विमला बिवाहित हुन्। विमलाका श्रीमान विदेशमा बस्दै आएका छन्। विवाह गरेको दुई महिनामा विदेश गएका श्रीमानले आफ्नो श्रीमतीलाई पनि विदेश लैजान वातावरण मिलाएका थिए। उक्त कुरा प्रेमी अमिनले थाहा पाएपछि प्रेमीका श्रीमानसँग जान लागेको रिसले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ।

हत्या आरोपित अमिनलाई अदालतबाट १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ। विमलाका घर परिवारले भने कसैसँग शङ्का नरहेको र उसले आफैँ केही खाएर आत्महत्या गरेको प्रहरीसमक्ष जाहेरी दिएका थिए।

तर प्रहरीले यो हत्या भएको अनुसन्धानबाट खुलेको दाबी गरेको छ। प्रहरी निरीक्षक सुनारले मृतकका श्रीमानका भाई निर्प सुनारले सामान्य कुरा आशङ्का कारणले अमिनको कल डिटेल हेर्दा आफुहरु सफल भएको बताए।

मृतक विमलाका श्रीमान विदेश गएपछि विमला र देवर निर्प काठमाडौंमा बस्दै आएका थिए। त्यहाँ बस्दा अमिन पनि एकै घरमा कोठा लिएर बस्ने गरेका र त्यहाँ विमला र अमिनको प्रेमसम्बध रहेको देवर निर्पले पनि जानकारी पाएका थिए।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.